Connect with us
Kapilvast Forest

खुमलटार भेलाको निष्कर्ष : स्थायी कमिटी बैठक स्थगित नगरी अघि बढ्ने

२०७७, १२ श्रावण सोमबारमा प्रकाशित

nekapa
फाइल तस्बिर

काठमाडौ‌ं- नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित बहुमत सचिवालय र स्थायी कमिटी सदस्यहरुको भेलाले मंगलबार बस्ने स्थायी कमिटी बैठक स्थगित नगरी अघि बढ्ने निष्कर्ष निकालेकाे छ। भेलाले बहुमतका आधारमा स्थायी कमिटीबाटै निर्णय गरेर जाने भन्दै अब बैठक राेक्न नदिने निष्कर्ष निकालेकाे हाे।

बिहान ९ बजेदेखि ११ बजेसम्म प्रचण्ड निवास खुमलटारमा चलेको भेलामा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’सहित केही स्थायी कमिटी नेताहरु सहभागी थिए। तर, उपाध्यक्ष वामदेव गौतम भने भेलामा सहभागी थिएनन्।

असार १० गतेदेखि सुरु भएकाे स्थायी कमिटी बैठक दर्जनपटक स्थगित भइसकेकाले मंगलबारको बैठक कुनै पनि हालतमा स्थगित नगर्ने प्रचण्ड-नेपाल समूहले तयारी गरेका छन्। पार्टीमा सहमति गर्न धेरै प्रयास गरे पनि कुनै निर्णय नभएकाले अल्पमत र बहुमतका आधारमा अघि बढ्ने योजना बनाएको स्रोतले जनाएको छ।

स्थायी कमिटी बैठक पटकपटक स्थगित गर्दा बाहिर नराम्रो सन्देश जाने भएकाले बैठक छोट्याउने तयारी पनि भएकाे छ। स्थायी कमिटी बैठक छोट्याएर केन्द्रीय कमिटी बैठक बोलाउने भनिएको छ।

यसअघि स्थायी कमिटी बैठकमा पेश भएका एजेण्डासहित थप अरु एजेण्डा समेटेर प्रतिवेदन पेश गर्ने तयारी गरिएको छ। यसअघि पार्टीमा अध्यक्ष केपी ओली र प्रचण्डबीच सहमत हुन नसक्दा प्रतिवेदन पेश हुन सकेको थिएन। अब अध्यक्ष प्रचण्डले कार्यकारी अध्यक्षको हैसियतले प्रतिवेदनसमेत पेश गरी पार्टी कमिटीले निर्णय गर्ने स्रोतले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,