Connect with us
Kapilvast Forest

नेकपामा केन्द्रीय कमिटी बैठक बोलाउन हस्ताक्षर संकलन

२०७७, १२ श्रावण सोमबारमा प्रकाशित

file photo

काठमाडाैं:स्थायी कमिटी बैठकले निकास दिन नसकेको भन्दै नेकपाका एक चौथाइ केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटीको बैठक बोलाउन भन्दै हस्ताक्षर संकलन गरेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका  सदस्यले हस्ताक्षर संकलन गरेका हुन् ।

केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले केन्द्रीय कमिटी बोलाउन आवश्यक एक चौथाइ सदस्यले हस्ताक्षर गरेको जानकारी दिइन् । ‘स्थायी कमिटी बैठकले निकास दिन सकेन भने केन्द्रीय कमिटी बोलाएर निकास खोजौं भन्नका लागि हस्ताक्षर संकलन भएको हो,’ झाक्रीले  भनिन् ।

केन्द्रीय सदस्य डा. विजय पौडेल, ठाकुर गैरे, जगन्नाथ खतिवडा, झाँक्री लगायतले स्थायी कमिटीमार्फत निकास खोज्न भन्दै पार्टी कार्यालयमा धर्ना समेत दिएका थिए ।

नेकपामा हाल ४ सय ४४ जना केन्द्रीय सदस्य छन् । केन्द्रीय कमिटी बैठक बोलाउन एक चौथाइ अर्थात १ सय १२ जना सदस्यको हस्ताक्षर आवश्यक पर्छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच सहमति जुट्न नसक्दा असार १० गतेबाट शुरू भएको स्थायी कमिटी बैठक पटक-पटक स्थगित हुँदै आएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,