Connect with us
Kapilvast Forest

हुलाकी राजमार्ग निर्माण निरन्तरता दिन अदालतको आदेश

२०७७, १२ श्रावण सोमबारमा प्रकाशित

हुलाकी राजमार्ग

कपिलवस्तु-
उच्च अदालत तुलसीपुर बुटवल ईजलाससले तौलिहवामा निर्माण सुरु भएको हुलाकी हुलाकी राजमार्गको कामलाई निरन्तरता दिने आदेश गरेको छ । हुलाकी सडक आयोजना कपिलस्तुले एक साताको समयसीमा दिएर गत साउन ३ गतेबाट सडक अतिक्रमण हटाउन सुरु गरे पछि त्यस बिरुद्ध ३ जनाले निषेधाज्ञा उत्प्रैषण र परमादेशकालागि गत साउन ५ गते रिटा दायर गरेका थिए ।

स्थानीय कालीपद शर्मा, रोहित उपाध्यया र सुरेश शर्माले हुलाकी सडक आयोजना, प्रशासन कार्यालय र कपिलवस्तु नगरपालिकामाथी सो काम रोक्का हुन पर्ने माग गर्दै रिट दायर गरेका थिए । रिटमा न्यायधिश बावुराम रेग्मीको ईजलासले साउन ५ गते अल्पकालीन परमादेश जारी गर्दै साउन १२ गते दुबै पक्षलाई छलफलकालागि अदालतमा बोलाएको थियो । सोही बिषयमा सोमवार पक्ष र बिपक्षका कानुन ब्यवसायीहरुको प्रमाण र बहास पछि गत साउन ५ गते दिईएको अल्पकालीन आदेशलाई निरन्तरा दिनु नपर्ने आदेश जारी भएको कपिलmस्त्ु नगरपालिकाका कानुनी सल्लाहकार हुम बहादुर कुवरले जानकारी दिए । न्यायधिश द्धय बावुराम रेग्मी र केशवराज जोशीको संयुक्त ईजलासले सो ओदेश गरेका हुन ।

सडक ऐन २०३१ अनुसार हुलाकी राजमार्गको मापदण्ड तोकिएको, २०३१ भन्दा अघि निर्माण भएका संरचनालाई क्षतिपुर्ति दिने र घरबारबिहीन भएकालाई बसोबासको ब्यवस्था गनैृ भनी गत असार २५ गते प्रशासन कार्यालयमा निर्णय भएका अदालतको आदेशमा भनिएकोछ । आधिकारिक निकायबाट भएको निर्णय सदायसताकासाथ कार्यान्वयन हुन्छ भनी बिश्वास गर्नु पर्ने र रिट निबेदनमा उठाईएका अन्य बिषय अन्तिम आदेह हुदाका बखत सम्बोधन नै हुने आदेशमा उल्लेख गरिएको छ ।

रिट निबेदनको पक्षत्रबाट अधिबक्ता हीमलाल न्यौपाने, बिपक्षी कपिलस्तु नगरपालिकाको तर्फबाट बरिष्ठ अििधवक्ता कमलराज जोशी र सालिकराम बन्जाडे सहायक न्यायअधिबक्ता धर्मराज जोशीले बहस गरेका थिए । अदालतको सो आदेशसंगै अब हुलाकी बाटो निर्माणेकालmागि बाटो खुला भएको कपिलस्तु नगरपालिकाका मेयर किरण सिंहले प्रतिक्रिया दिएका छन । उनले अब हुलाकी राजमार्ग आयोजनासंग समन्वय गरी सडक निर्माणको काम अघि बढाईने बताए । अहिले तौलिहवा सडक क्षेत्रमा बनाईएका संरचनामहरु धमाधम हटाइएको छ ।

तौलिहवाको जमुहार टोल देखि छोटकी तौलिहवाको मस्जिद सम्म २३ सय ४० मिटरमा २ सय ७३ वटा संरचना सडक क्षेत्रमा छन । यस्तै जमुहार देखि भवानी भिक्षु सम्म भने ५ सय ७३ वटा संरचना सडकमा परेको कपिलसतु नगरपालिकाले जनाएको छ ।

Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,