Connect with us
Kapilvast Forest

दशगजामा ढलेका सीमास्तम्भ उठेन

२०७७, १२ श्रावण सोमबारमा प्रकाशित

pillar of nepal news center nepal

कपिलवस्तु-

नेपाल भारत सिमाना दशगाजमा ढलेका सीमास्तम्भ निर्माणमा अन्योलता देखिएको छ । २०७६ सालको असार २८ गते आएको बाढीले दशगजाका आधा दर्जन सिमास्तम्भ  ढलेका थिए । एक बर्ष पहिले बर्षाको आएको बाढीले कपिलवस्तुको बिजयनगर गाँउपालिका–५ चिरई खोलाका ४ वटा सीमास्तम्भ ढलेका हुन ।

विजयनगर गाउँपालिका–५, ठकुरापुर र भारतको बलरामपुर जिल्ला गिद्धहवा सीमामा  रहेको पिलर नं ५७८, ७ र त्यसको आदि कि.मि. उत्तर पिलर नं. ५७८, १० पानीमा लडेको छ । गाउपालिकाको वार्ड नं ६ गेडुवाजोत र भारतको प्रतापपुरको सीमा रहेको पिलर नं ५७७,७ र ५७७,९ ढलेका छन् । ५७७,९ नम्बरको पिलर तेस्रो परेर वालुवामा धसिएको छ, भने ५७७, ७ पानीमा डुबेर हराएको छ ।

सीमास्तम्भ ढलेको बर्ष बित्दासमेत सीमा स्तम्भको निर्माणका लागि नेपाल सरकारबाट कुनै पहल नभएको स्थानीय पत्रकार राम प्रघट कोरीले बताउनु भयो । सीमास्तम्भ निर्माणका लागि नेपाल र भारतबीचको केन्द्रीयस्तरको सर्वेक्षक सहितको प्राविधिक टोली सर्बे गरेपनि निर्माण गर्ने तर्फ कुनै पहल नभएको पत्रकार कोरीले बताउनु भयो ।

ढलेको सीमास्तम्भ शसस्त्र प्रहरी बल र नेपाल प्रहरीले सीमा स्तम्भको निगरानी गर्दै आएको छ । कपिलवस्तु जिल्लासँग भारतको उत्तर प्रदेशको सिद्धार्थनगर र बलरामपुर जिल्ला जोडिएका छन । दुई देशका सीमामा ४६ मुख्य सीमास्तम्भ, २ सय २६ सहायक सीमा स्तम्भ र २ सय ६० साना सीमा स्तम्भ गरी कुल ५ सय ३२ सीमा स्तम्भ रहेका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,