Connect with us
Kapilvast Forest

मर्मत नहुदा मालपोत कार्यालयको ८ दशक पुरानो भवन भत्किने अवस्थामा

२०७७, १३ श्रावण मंगलवारमा प्रकाशित

malpot kapilvastu_newscenternepal
 कपिलस्तु-
राणा शासन कालमा बनेका तौलिहवा स्थित मालपोत तथा भुमी सुधार कार्यालयका भवन जीर्ण भई भत्कने अवस्थामा पुगेको छ । मालपातेमा ४ वटा भवन छन । त्यस मध्ये बिचमा रहेको भवन भत्किने अवस्थमा पुगेको हो । मर्मत अभावमा पुर्व, पश्चिम तथा उत्तर तर्फमा रहेको भवन पनि पानी चुहिने गरेको छ । लगातार दुई सताको बर्षाले बिचको भवनको ईटा उप्कीएका छन ।
भत्किन लागको सो भवनमा मुद्दा फाटको काम गर्ने गरिएको छ । मालकोको भवन जीर्ण र भत्किन लागकोले मुद्दा फाटको काम नै प्रभावित भएको मालपोतका कर्मचारीहरु बताउछन । आठ दशक पुरानो भवन भत्किन लाग्दा मुद्दा फाटको काम नै प्रभासपत भएको मालपोत कायाृलकया प्रमुख रिषीराम पौडेलले बताए । ‘ लगातार दुई साता देखि बर्षा जारी छ, भवनमा पानी चुहिएको छ, बिचमो भवन त भत्किन लागेको छ ’ कार्यालय प्रमुख पा्रडेलले भेने ‘ भवन जीर्ण हुदा अहिले मुद्दा फाटका काम नै नराम्ररी प्रभावित भएको छ ’ ।
लकडाउन खुृले पछि कार्यालयमा सेवाग्राहीको चाप बढेको छ । भत्किनै लागेको पुरोनो भवन देखेर कर्मचारी मात्र होइृन सेवाग्राही समेत डराउने गर्छन । बिचको भवनको झ्याल ढोका समेत पुरोनो हुदा मालपातेका श्रैस्ता बचाउनै मुस्लिक भएको कर्मचारी गुनासो गर्छन । ‘ भवन त भत्किन लागेकाछ पानी चुहिएकाले श्रैस्ता बचाउन पनि गाह्रो परेको छ ’ कर्मचारीरु गुनासो गर्छन । एक बर्ष अघि पश्चिम तर्फको कार्यालय प्रमुख कक्षमा बिद्युत सर्ट भई आगलागी भई क्षतिगे्रस्त बनेको भवन अहिले पनि उस्तै हालतमा छ । मालपोतको भवन जीर्ण हुदा भत्किएर दुर्घटना हुने खतरा भएको लेखापढी ब्यवासयी संघ कपिलस्तुका अध्यक्ष बिष्णु मुराउले बताए ।
जीर्ण  बनेको भवन मर्मत नगरिदा दुर्घटना हुन सक्ने भए पनि त्यसको मर्मतका संबन्धीत निकायले चासो नदिएको उनले गुनासो गरे । दरब्न्दीको आधा कर्मचारीले काम चलाईरहेका बेला भवन समेत जीर्ण हुदा कामकाजमा समसया आएको प्रमुख पौडेल बताउछन । चालु आर्थिक बर्ष देखि मालपोतका काम स्थानीय निकायलाई हस्तान्तरण गर्ने सरकारी योजना अुनसार काम अघि बढेको छ । यस्तोमा भवन जीर्ण हुदा त्यसमा पनि असर परेको पौडेलले बताए । भवन मर्मतकालागि बजेट बिनियोजन नगरीदा समस्या परेको उनले ग्नासो गरे । ‘ जीर्ण भवन मर्मतकालागि बारम्बार बजेट माग गरेयौ तर कहिल्यै सम्बोधन गरिएन ’ उनले भने ।
किरनमान बज्राचार्य
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,