Connect with us
Kapilvast Forest

प्रचण्डको अध्यक्षतामा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु

२०७७, १३ श्रावण मंगलवारमा प्रकाशित

nekapa

काठमाडौं:सत्तारुढ नेकपाको स्थायी समिति बैठक पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बालुवाटारमा सुरु भएको छ।अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकतर्फी रुपमा बैठक स्थगित गरेको भनी प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेता बालुवाटार पुगेका थिए।

अध्यक्षद्वय ओली र प्रचण्डबीच केहिबेरको छलफलपछि प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको बालुवाटारमा रहेका एक नेताले जानकारी दिए।बैठकमा प्रचण्ड–नेपाल पक्षका ३० जना नेता उपस्थित छन्।

वामदेव गौतम समेत बैठकमा सहभागी हुनेगरी बालुवाटार पुगिसकेको एक नेताले बताए।गृहमन्त्री रामबहादुर थापा पनि बैठकमा सहभागी हुन गइरहेको सन्देश पठाएका छन्। पुर्वमाओवादी केन्द्रका लेखराज भट्ट भने बैठकमा अहिलेसम्म पुगेका छैनन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,