Connect with us
Kapilvast Forest

कोरोना संक्रमण बढेसँगै स्याङ्जामा अत्यावश्यकबाहेक सबै सेवा बन्द

२०७७, १३ श्रावण मंगलवारमा प्रकाशित

 

स्याङ्जा — कोरोना संक्रमण बढेपछि स्याङ्जामा मंगलबारदेखि १० दिनसम्मका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । एसपीसहित जिल्ला प्रहरी कार्यालयमा कार्यरत १८ जना प्रहरी कर्मचारीलाई एकैपटक कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले मंगलबारदेखि १० दिनसम्म अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न अनुरोध गरेको हो ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि अत्यावश्यक सेवा बाहेक आवतजावतमा पूर्णरुपमा बन्देज गरिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ । जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई नै कोरोना पुष्टि भएपछि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्न अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।

Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,