Connect with us
Kapilvast Forest

सिद्धबाबामा पहिरो गयो, पैदल यात्रा पनि निषेध

२०७७, १३ श्रावण मंगलवारमा प्रकाशित

pahiro
फाइल तस्बिर

पाल्पा । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण पाल्पा बुटवल सडक खण्डको सिद्धबाबा क्षेत्रमा अहिलेसम्मकै ठूलो पहिरो गएको छ । सिद्धबाबा मन्दिर नजिकै ड्यामसाइड नजिक अहिलेसम्मकै ठूलो पहिरो गएका कारण बाटो पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीले ठूलो पहिरो झरेको र निरन्तर पानी परेको कारण यस क्षेत्रमा पैदल तथा यातायातका साधन प्रवेशमा निषेध गरेको पाल्पा जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी मदन गिरीले बताउनुभयो । उहाँले प्रहरीले सूचना नै जारी गरेर पैदल यात्रा समेत नगर्न र बाटो पूर्ण रुपमा खुलेपछि मात्र यात्रा गर्न अनुरोध गरिएको जानकारी गराउनु भयो ।

निरन्तर परेको पानी र चुरे क्षेत्र भएको कारणले समेत पाल्पाको गौडेपुल देखि चिडियाखोला सम्मका क्षेत्रका विभिन्न क्षेत्रमा पहिरोहरु झरेका छन् । यात्रुहरुले बुटवल तानसेन यात्रा गर्दा बैकल्पिक मार्ग प्रयोग गर्न र अत्यावश्यक बाहेक नहिड्न समेत प्रहरीले अनुरोध समेत गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,