Connect with us
Kapilvast Forest

कोरोनाबाट थप एक व्यक्तिको मृत्यु

२०७७, १३ श्रावण मंगलवारमा प्रकाशित

corona

 

काठमाडौं:कोरोना भाइरसको संक्रमणबाट थप एक जना व्यक्तिको मृत्यु भएको छ।बझाङ बुंगल गाउँपालिका निवासी ६५ वर्षीय पुरुषको मृत्युपछि कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए।

उनको गत साउन ९ गते घरमा मृत्यु भएको थियो। पछि परीक्षणको नतिजा आउँदा उनमा कोरोना पोजेटिभ देखियो।दमका समेत रोगी रहेका उनी गत असार २४ गते भारतको बैङ्गलोरबाट आएका थिए। उनी १४ दिनको क्वारेन्टिन बसाइपछि घर गएका थिए। तर गत साउन ९ गते उनको घरमा मृत्यु भयो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ।

Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,