Connect with us
Kapilvast Forest

ठेकेदारको लर्पाहीले गर्दा आवतजावतमा समस्या

२०७७, १३ श्रावण मंगलवारमा प्रकाशित

खरेन्द्रपुर नजिकै भचनको पुल
  • न्युज सेन्टर नेपाल, कपिलवस्तु-

कपिलवस्तुमा ठेकेदारको लर्पाहीले गर्दा आवत जावतमा समस्या भएको छ । कपिलवस्तुको खरेन्द्रपुर, शीतलापुर, भील्मी सडक खण्डको निर्माणको जिम्मा पाएको स्वच्छन्द सिरुवा वर्ल्ड वाडड जे भीले सडक निर्माणमा ढिलाई गर्दा आवत जावतमा समस्या भएको छ ।

जिल्लाको खरेन्द्रपुर देखी खरेन्द्रपुर शीतलापुर भील्मी अन्तरगत विभिन्न स्थानमा पुल निर्माण समयमा ढलान नगर्दा आवतजावतमा  समस्या शृजना भएको हो । ठाउ ठाउमा सडकमा खडल समेत परेकोले खरेन्द्रपुर महाराजगंज चन्द्रौटा आवत जावतमा समस्या भएको छ ।

खरेन्द्रपुर नजिकै भचनको पुल निर्माण ढिलाई गरेकोले यहाका नागरिकलाई कठिनाई भएकोछ । करिब ८ महिना पहिले देखी खनेको सडक अझै सम्म निर्माण नगर्दा निकै समस्या भएको चनईका रमेश यादवले जानकारी दिनु भयो । पटक पटक पटक ठेकेदार पक्षसग डाईभर्सनका लागि आग्रह गर्दा समेत कुनै पहल नगरेको सडवाका रघु नेपालीले बताउनु भयो ।

यता ठेकेदार पक्षले विश्वमा महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण गत चैत ११ देखि निर्माण कार्य बन्द गरेको जनाएको छ । अहिले लकडाउन सकीए पछी ७७ को बैशाख बाट ११ गते बाट निर्माण कार्य सुरु गरेको । तर भचन पुुल निर्माणमा ढिलाई गरेको स्थानियले आरोप लगाएका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,