Connect with us
Kapilvast Forest

शिखर इन्स्योरेन्सको नबिकेको शेयर लिलामीमा विक्री हुँदै

२०७७, १४ श्रावण बुधबारमा प्रकाशित

shi

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले हकप्रद शेयरमा नबिकेको ८७ हजार ४१२ दशमलव ८ कित्ता शेयर साउन २१ गतेदेखि विक्री गर्ने भएको छ ।उक्त कम्पनीले असार १४ गतेदेखि साउन ४ गतेसम्म हकप्रद निष्कासन गरेकोमा उक्त हकप्रद शेयरमा आवेदन नपरेकाले लिलामीद्वारा पुन : विक्री गर्न लागेको हो । इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले साउन २८ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

शेयरको न्यूनतम मूल्य प्रतिशेयर रू.१०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । आवेदकले न्यूनतम ५० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनी जानकारी गराएको छ ।विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले हकप्रद शेयरको बाँडफाँट साउन १२ गते गरेको हो ।

आफ्नो हकभन्दा बढी शेयर माग गरी आवेदन दिएका आवेदकहरुको हकमा साउन १५ गतेदेखि हकप्रदमा बाँडफाँटमा नपरेको शेयर बापतको रकम फिर्ता गर्ने पनि कम्पनीले बताएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,