Connect with us
Kapilvast Forest

बस्तीमा बाढी पसेपछि ४ बेपत्ता, सयौँ घर डुबानमा

२०७७, १५ श्रावण बिहीबारमा प्रकाशित

badhi duban_newscenternepal

कैलाली-
मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा ४ जना बेपत्ता भएका छन् । अविरल वर्षाका कारण जिल्लाको पूर्वी क्षेत्रका केही भूभाग जलमग्न भएका हुन् । सयौँ घर डुबानमा परेकाले स्थानीय त्रसीत बनेका छन् ।

प्रहरीका अनुसार जिल्लाको भजनी नगरपालिकाका फरक/फरक ठाउँमा ४ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार भजनी नगरपालिकाको वडानम्बर ८ सोनाफाँटाका ४ जना बगेर बेपत्ता भएका हुन् । भजनी–८ सोनाफाँटाका ठग्गु चौधरीका ११ वर्षीय नाति स्केल चौधरीसहित ४ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ताको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक जनक धामीले जानकारी दिनुभयो । बाढीले भजनीमा थप २ जना बेपत्ता भएकोमा उनीहरुको सकुशल उद्धार गरिएको उहाँले बताउनुभयो । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले बुधबार साँझसम्म बाढीका कारण जिल्लाभर ७ सय बढी घर प्रभावित भएको जनाएको छ । प्रभावित घरपरिवारलाई नजिकैको विद्यालय र सामुदायिक भवन स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिनुभयो । बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतलाई परिचालन गरी उद्धारसहित राहत सामग्री वितरण भइरहेको उहाँको भनाइ छ ।

यसैगरी कान्द्रा नदीमा आएको बाढीले भजनी–८ मा १ हजार ८ सय विस्थापित भएका छन् । उनीहरुलाई नजिकै अग्लो ठाउँमा रहेको हुलाकी सडकमा त्रिपाल टाँगेर राखिएको छ । जिल्लाको कान्द्रा, काडा र पथरैयालगायतका नदीमा पानीको बहाव बढेपछि भजनी, टीकापुर, लम्की र जोशीपुर गाउँपालिकाका विभिन्न बस्ती डुबानमा परेका छन् । जल तथा मौसम विज्ञान विभाग अत्तरियाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेकाले सुदूरपश्चिमका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ ।

सुदूरपश्चिम प्रदेशका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,