Connect with us
Kapilvast Forest

लकडाउनमा बन्द भएका होटल, रेष्टुराँ खुल्न थाले

२०७७, १५ श्रावण बिहीबारमा प्रकाशित

hotel

काठमाण्डाै – लकडाउनपछि बन्द भएका होटल तथा रेष्टुराँ व्यवसाय खुल्न थालेका छन् ।६ गते लकडाउन हटाएको सरकारले आजदेखि होटल व्यवसाय खोल्न स्वीकृति दिएको थियो । सरकारको स्वीकृतिसँगै झण्डै ४ महिना बन्द भएका होटल तथा रेष्टुराँ व्यवसाय खुल्न थालेका हुन् । पहिलो चरणमा पर्यटक कम आउने आँकलन गर्दै पूर्ण क्षमताको १० प्रतिशत मात्रै सेवा सञ्चालन गर्ने व्यवसायीको तयारी छ ।

अहिले व्यापार तथा नाफाभन्दा पनि व्यवसाय गर्ने वातावरण सहज बनाउने सन्देश दिन मात्रै व्यवसाय सञ्चालन सुरु गरिएको व्यवसायीले बताएका छन् । यस्तै होटेल सञ्चालन गर्न आवश्यकता बमोजिम कर्मचारीलाई तालीम दिइसकेको रेष्टुराँ तथा बार एशोसिएशन नेपाल रेबानका अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिनुभयो । अहिले पूर्ण रुपमा नखुले पनि विस्तारै खुलाउँदै लैजाने रणनीतिअनुसार आफूहरू तयारी अवस्थामै रहेको उहाँले बताउनुभयो ।

यस्तै पर्यटकीय यामलाई समेत मध्यनजर गरी ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालय पनि खुल्न थालेका छन् । चार महिनादेखि ठप्प होटेल व्यवसायलाई पुरानै लयमा फर्काउन समय लाग्ने भए पनि आन्तरिक पर्यटकीय गतिविधि बढ्नासाथ व्यवसाय केही हदसम्म उकासिने उनीहरूको बुझाइ छ ।

यसैबीच चितवनको सौराहाका होटल तथा रेष्टुराँ स्वास्थ्य सावधानी र छुट प्याकेजसहित सञ्चालनमा आएका छन् । आन्तरिक पर्यटकलाई लक्षित गरी व्यवसायीले छुट प्याकेजको घोषणा सहित व्यवसाय सञ्चालनमा ल्याएका हुन् ।

होटल सञ्चालन गर्दा अनिवार्य रुपमा कोभिड–१९ सम्बन्धी आवश्यक जानकारी सूचना टाँस्ने, सबै पर्यटकको ज्वरो जाँच्ने, हात धुने र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने नियम बनाइएको छ ।

Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,