Connect with us
Kapilvast Forest

कांग्रेस सभापतिमा ८ जना आकांक्षी

२०७७, १५ श्रावण बिहीबारमा प्रकाशित

congress

काठमाडौं:लामो समय पछि कांग्रेसको १४औं महाधिवेशनको मिति तय भएसँगै सभापतिका लागि आकांक्षीको लर्को लाग्न थालेको छ। सभापतिमा ८ जना आकांक्षीले नाम अघि सारेका छन्।

आगामी ७ देखि १० फागुनका लागि तय भएको नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । केन्द्रीय समितिले स्थानीय तहका अधिवेशनको मिति हेरफेर गर्दै सदस्यता वितरण, पुराना सदस्यता नवीकरण र त्यसका प्रक्रिया अघि बढाएसँगै पार्टीको नेतृत्व हाँक्न आकांक्षीहरूले दौडधुप सुरु गरिसकेका छन् ।

यतिसम्मकी हाल कांग्रेसभित्र स्थापित रहेका गुटभित्रै समेत सभापतिका लागि आकांक्षा देखाउनेहरू बढ्न थालेका छन् । जसअनुसार अहिलेसम्म कसैले पनि आधिकारिक रूपमा घोषणा नगरे पनि कांग्रेसभित्रका तीन फरक फरक गुटमा आठ जना आकांक्षी देखिएका छन् ।

कांग्रेस नेतृत्वका लागि फेरि एक पटक वर्तमान सभापति शेरबहादुर देउवा आफैं उम्मेदवार बन्ने उनी निकट नेताहरू बताउँछन् । यसैगरी, वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत आफू निकट नेताहरूमार्फत सभापतिका लागि आफू तयार रहेको सन्देश दिँदै आइरहेका छन् ।

नेता कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिले समेत सभापतिका लागि आफू तयार रहेको सन्देश दिइसकेका छन् । यसैगरी, कांग्रेसका वर्तमान महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री समेत रहेका नेता प्रकाशमान सिंह, डा शेखर कोइराला र गगन थापाले समेत १४औं महाधिवेशनका लागि नेतृत्वका लागि आकांक्षा देखाइरहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,