Connect with us
Kapilvast Forest

निर्मला पन्तको हत्या अनुसन्धान गर्ने प्रहरीले सफाइ पाए

२०७७, १५ श्रावण बिहीबारमा प्रकाशित

nirmala

कञ्चनपुर:

कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणमा प्रहरीबिरुद्ध दायर भएका दुई मुद्दाको फैसला गरिएको छ । कञ्चनपुर जिल्ला आदालतले आठ जना प्रहरी बिरुद्ध परेका दुई मुद्दाको वीस महिनापछि फैसला गरेको हो ।

तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख दिल्लीराज विष्ट, सिआईबीका डिएसपी अंगुर जिसी, अर्का डिएसपी ज्ञान बहादुर सेठी, प्रहरी निरीक्षकद्वय जगदिशप्रसाद भट्ट, एकेन्द्र खडका, प्रहरी नायब निरीक्षकद्वय हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदबिरुद्ध यातना र सार्वजनिक न्याय कसुर अन्तर्गत ०७५ मंसिरमा मुद्दा दायर भएको थियो ।

दुवै मुद्दामा १५ साउन(बिहीबार) जिल्ला आदालत कञ्चनपुरका न्यायाधिश गोपालप्रसाद बास्तोलाको एकल इजलासले दुवै मुद्दाका प्रतिबादी प्रहरी निर्दोष ठहर गरी उनीहरुलाई सफाई दिएको हो । जिल्ला आदालत कञ्चनपुरका श्रेस्तेदार यदुनाथ शर्माले दुवै मुद्दामा आठै जना प्रहरीले सफाई पाएको बताए ।

प्रमाण नष्ट गर्नुपर्ने अवस्था नदेखिएको, दिलिप विष्टलाई यातना दिनुपर्ने कारण नदेखिएकाले मनगणन्ते आधारमा दायर भएका मुद्दामा वादीले प्रतिवादीलाई लगाएको आरोप लतैबाट पनि पुष्टी नभएपछि उनीहरुलाई सफाई दिएको हो । निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपका दाजु खड्कसिंह विष्टले मुद्दा दायर गरेका थिए ।

तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख दिल्लीराज विष्ट, केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी अंगुर जिसी, तत्कालिन प्रहरी प्रवक्ता ज्ञानबहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खडकाबिरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १६७ को उपदफा १ विपरित कसुर अपराध गरेकाले ऐनको दफा १६७ उपदफा २ र ३ बमोजिम हदैसम्मको कारबाही गरि ऐनको दफा १६९ बमोजिम क्षतिपूर्ति समेत दिलाईपाउँ भनि मुद्दा दायर गरिएको थियो ।

यस्तै निर्मलाकी आमा दुर्गादेवी पन्तले ८ प्रहरी बिरुद्ध सार्वजनिक न्यायबिरुद्ध कसुरसम्बन्धी मुद्दा दिएकी थिइन् । निलम्बनमा परेका आठै प्रहरीबिरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट र दिलिपका दाजु खडकसिंह विष्टले यातना बिरुद्धको उजुरी दिएका थिए ।

सिआईबीका डिएसपी जिसीले दिलिप विष्ट र उनको घरपरिवारसँग लिएको बयानको भिडियो बाहिरिएपछि दुर्गाले प्रहरीबिरुद्ध दायर गरेको मुद्दा फिर्ताका लागि भन्दै निवेदन दिएकी थिईन् ।आठ प्रहरी बिरुद्ध परेका दुई मुद्दाबाट जिल्ला आदालत कञ्चनपुरले ५० लाख धरौटी असुल गरेको थियो ।

तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख दिल्लीराज विष्टबाट यातनाबिरुद्धको मुद्दामा ६ लाख र सार्वजनिक कसुर मुद्दामा साढे चार लाख गरि साढे १० लाख, केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी अंगुर जिसीबाट यातना ५ लाख र प्रमाण नष्ट ४ लाख गरि ९ लाख, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका पुर्व डिएसपी ज्ञान बहादुर सेठी यातना मुद्दामा ५ लाख र सार्वजनिक कसुरमा ४ गरि ९ लाख, प्रहरी निरिक्षक एकेन्द्र खडकाबाट यातना मुद्दामा ५ लाख र सार्वजनिक कसुरमा ४ गरि ९ लाख धरौटी माग गरेको हो ।

यस्तै सार्वजनिक कसुर मुद्दाअन्तर्गत प्रहरी निरीक्षक जगदिश भट्ट चार लाख, प्रहरी नायब निरीक्षकद्वय हरसिह धामी ३ लाख ५० हजार, राम सिह धामी तीन लाख र प्रहरी जवान चाँदनी साउदबाट दुई लाख पचास हजार रुपैया धरौटी माग गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,