Connect with us
Kapilvast Forest

एसिड आक्रमणमा परेकी पवित्रा कार्कीको उच्चशिक्षामा नेविसंघले सघाउने

२०७७, १५ श्रावण बिहीबारमा प्रकाशित

 

काठमाडौं:सीतापाइलामा गत साता एसिड आक्रमणमा परेकी ओखलढुंगाकी पवित्रा कार्कीको उच्च शिक्षामा नेपाल विद्यार्थी संघले सघाउने भएको छ।एसिड आक्रमणमा परेकी कार्कीको कीर्तिपुर अस्पतालमा उपचार कार्कीलाई भेटेर नेविसंघका अध्यक्ष राजीव ढुंगाना सहितको केन्द्रीय पदाधिकारी टोलीले कार्कीको शिक्षामा सघाउने बताएका हुन्।

कार्की कक्षा १२ उत्तिर्ण छिन्।‘नेविसंघ केन्द्रीय समितिले कार्की जीको शिक्षाको सम्पूर्ण जिम्मेवारी लिएको हो,’ नेविसंघ महामन्त्री उर्मिला थपलियाले सेतोपाटीसँग भनिन्, ‘उहाँले के पढ्न चाहनुहुन्छ, त्यहीअनुसार सबै व्यवस्था मिलाउने जिम्मा नेविसंघले लिएको हो।’

नेविसंघले उच्च शिक्षामा सघाउने घोषणा गरेकोमा कार्कीले खुसी व्यक्त गरेकी थिइन्।परिवारसँग छलफलपछि उनको शिक्षाको जिम्मेवारी नेविसंघले लिएको उनले बताइन्।गत बिहीबार साँझ सीतापाइलामा कार्कीमाथि एसिड आक्रमण भएको थियो।उक्त घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडि बढाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,