Connect with us
Kapilvast Forest

प्रहरी जवानको कोठामा भेटियो ‘सुन’ जस्तै धातु 

२०७७, १६ श्रावण शुक्रबारमा प्रकाशित

gold

 

काठमाडौं : राजधानीको कमलादीमा केही दिनअघि ‘सुन बरामद’ मा संलग्‍नमध्ये एकजना प्रहरीको कोठामा सुन जस्तो देखिने एक केजी पहेँलो धातु भेटिएको छ। महानगरीय प्रहरी कार्यालयका एसएसपी सुशील यादव नेृत्वको अनुन्धान टोलीले सादा पोशाकमा खटिने प्रहरी जवान प्रसन्‍न श्रेष्ठको कोठाबाट सुन जस्तै देखिने एक किलो पहेँलो धातु बरामद गरेको हो।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेरसिंह कडायतले प्रहरी जवानको कोठाबाट सुन जस्तो धातु बरामद भएको पुष्टि गरेका छन्। ‘मैले पनि यसबारेमा थाहा पाएको छु,

हामीलाई लिखित जानकारी त आएको छैन तर सुन जस्तै पहेँलो धातु बरामद भएको खबर आएको छ’, उनले  भने, ‘प्रहरी जवानको कोठाबाट बरामद भएको भनिएको सुन जस्तै उक्त धातुको परीक्षण भइरहेको जानकारी पाएको छु।’  कमलादीस्थित नबिल बैंक अगाडिको सडकबाट यही मंगलबार बरामद भएको भनिएको १५ केजी सुनमा अधिकांश अर्कै धातु भएको खुलेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,