Connect with us
Kapilvast Forest

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ५६ पुग्यो

२०७७, १६ श्रावण शुक्रबारमा प्रकाशित

corona

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा चार कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए ।

पर्सा श्रिपुर बस्‍ने ५६ वर्षका कोरोना संक्रमित पुरुषको मृत्य भएको छ । गत साउन ६ गते ती पुरुषमा कोरोना पुष्टि भएको थियो । मुटुको समस्या देखिएपछि ति पुरुष नारायणी अस्पतालको अस्थायी कोभिड अस्पतालमा आइसियुमा भर्ना भएका थिए । अस्तपालमा उपचारको क्रममा साउन १५ राति मृत्यु भएको उनले जानकारी दिए ।

यसैगरी पर्सा जिल्लाका विगंञ्ज वडानम्बर १६ बस्ने ३५ वर्षका पुरुषको समेत कोरोना संक्रमणबाट मृत्यु भएको छ । ति पुरुषको साउन १५ गते गण्डक अस्थायी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साउन १५ गते नै बिहान कोरोना पुष्टि भएको थियो तर ती पुरुषको सोही दिन बेलुका मृत्यु भएको उनले जानकारी दिए ।

उनका अनुसार ती पुरुषमा श्वासप्रश्वास समस्या देखिएपछि साउन ५ गते एक निजि क्लनिकमा उपचारका लागि गएका थिए ,उक्त क्लिनिकले कोरोनाको आशंकामा गण्डक कोभिड-१९ अस्पताल रिफर गरेको थियो ।

त्यसैगरी पर्साका छपकैया बस्‍ने ६५ वर्षका पुरुषको साउन १५ गते विहान मृत्यु भएको थियो । उनको मृत्यु पश्चात साउन १५ गते नमुना संकलन गरेर परीक्षण गर्दा बेलुका आएको रिपोर्टमा कोरोना पुष्टि भएको उनले जानकारी दिए ।

पर्सा जिल्ला वडा नम्बर ११ स्थायी घर भइ हाल ललितपुर थसिखेल बस्ने ६५ वर्षकी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको उनले बताए ।उनका अनुसार ती महिला ज्वरो खोकीको समस्या देखिएपछि स्टार अस्पतालमा भर्ना भएकी थिईन ।

स्टार अस्पतालले ति महिलामा साउन ६ गते ति महिलामा कोरोना पुष्टि भएपछि पाटन अस्पताल रिफर गरेको थियो ।तर ति महिलाको उपचारको क्रममा साउन १६ (आज) गते मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,