Connect with us
Kapilvast Forest

विजयनगरमा १० करोड लगानीमा ६ किमि सडक कालोपत्रे हुने

२०७७, १७ श्रावण शनिबारमा प्रकाशित

दिपक के.सी.

कपिलवस्तु सावन १७

कपिलवस्तुको विजय नगर गाउँपालिकामा पहिलो पटक सबै भन्दा लामो सडक कालो पत्रे हुने भएको छ । गाउँपालिका भित्र करिब ६ किमि सडक आर्थिक बर्ष ०७७÷०७८ मा कालोपत्रे हुने भएको हो । प्रदेश नं. ५ सरकारको करिब १० करोड लगातमा गाउँपालिकाको वडा नं. ६ मा पर्ने फरेनी चौकदेखि बद्दौर, छुटपाटी हुँदै वडा नं. ५ को डालपुर र देवीपुरसम्म बाटो कालो पत्रे हुने भएको छ ।

प्रदेश सरकारले २०७७ असाढ २९ गते सूचना प्रकाशित गर्दै सो सडक निर्माणका लागी ठेक्का आब्हान गरिसकेको छ । प्रदेश सरकारको बहुवर्षिय योजना अन्तर्गत सो सडक खण्ड निर्माण हुन लागेको विजय नगर गाउँपालिका अध्यक्ष गोपाल थापाले बताए । गाउँपालिका अध्यक्ष थापाले गाउँपालिकाको दुई वटा वडालाई जोड्ने सडक प्रदेश सरकार संग निर्माणको लागी बारम्बार पहल गर्दै आएको बताएका छन ।

“ कोरोना महामारी संघ जुध्दै मैले प्रदेशमा सडक कालोपत्रेको लागी पहल गरेको थिए , प्रदेशले पनि गाउँपालिकाको विकासका लागी हाम्रो पहललाई सम्बोधन गरेपछि अब सडक निर्माण हुने भएको छ ” अध्यक्ष थापाले भने । गाउँपालिका भित्र अहिले सम्म कै लामो बाटो कालो पत्रे हुन लागेको उनले बताए ।

गाउँपालिका भित्र ६ किमि बाटो कालो पत्रे हुने भए पछि गाउँपालिका बासी पनि खुसी भएका छन । निर्माण हुन लागेको सो सडक खण्डमा विभिन्न गाउँका नागरिकले सुविधा पाउने हुदाँ स्थानियले गाउँपालिका अध्यक्ष थापाको प्रशंसा समेत गरेका छन । गाउँपालिकाको बजेटले निर्माण गर्न सम्भव थिएन तर अध्यक्षको पहलमा प्रदेश सरकारले बजेट विनियोजन गरी निर्माणको ठेक्का सम्म निकाले पछि अब भने सडक निर्माण हुन्छ भन्नेमा हामी ढुक्क छौं स्थानिय राम सेवक कुर्मीले भने ।

मानव विकासको सुचाङ्कमा कपिलवस्तु जिल्ला को सबैभन्दा पछाडी परेको पालिका विजयनगर नगर हो तर अहिले विकासमा निर्माणमा अध्यक्ष थापाको कार्यशैलिले गाउँपालिकाको मुहार फेरिदैछ । यस गाउँपालिकाको लामो सडक निर्माण योजना पार्न सहयोग गरेकोमा अध्यक्ष थापाले सहयोगी सबैमा धन्यवाद समेत व्यक्त गरेका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,