Connect with us
Kapilvast Forest

पीएसजीले जित्यो फ्रेन्च लिग कपको उपाधि

२०७७, १७ श्रावण शनिबारमा प्रकाशित

psg

काठमाण्डौ – पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग कप फुटबलको उपाधि जितेको छ ।गएराति लियोनलाई पेनाल्टी सुटआउटमा हराउँदै पीएसजीले लिग कपको उपाधि जितेको हो ।

लिग कपको फाइनल खेल गोलरहित बराबरीमा सकिएको थियो । सुरुवातको १० वटा पेनाल्टी गोलमा परिणत भएपछि पीएजीका गोलकिपर किलर नाभासले बट्र्रेड ट्रेयरको प्रहार बचाएका थिए ।

पीएसजीका पाब्लो सरबियाले गोल गर्दै पीएसजीलाई फ्रेन्च लिग कपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेले थिए । दोस्रो हाफको अन्तिम मिनेटमा लियोनका डिफेन्डर राफेल रातो कार्ड दर्शन गर्दै मैदान बाहिरिएका थिए ।

उनले डिबक्सभित्र पीएसजीका विङ्गर एन्जल डी मारियलाई फल गरेका थिए । गएको शुक्रबार पीएसजीले सेन्ट इटिएनलाई १-० ले हराउँदै फ्रेन्च कपको उपाधि पनि जितेको थियो ।पीएसजीले यसअघिनै सुपर कप, फ्रेन्च कप र लिग वानको उपाधि जितेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,