Connect with us
Kapilvast Forest

सभामुख निवासमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि, सभामुखसहित ३० भन्दा बढीको स्वाब संकलन

२०७७, १७ श्रावण शनिबारमा प्रकाशित

sabhamuka

काठमाडौँ। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवासमा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।सभामुख निवासमा कार्यरत ती पुरुष कर्मचारीमा कोरोना संक्रमण भएपछि सभामुखसहित सभामुख निवासमा रहेका ३० भन्दा बढीको स्वाब संकलन भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । ती पुरुषको शुक्रबार कोरोना पुष्टि भएको थियो ।

त्यसैगरी शुक्रबार नै सिंहदरबारभित्र ट्राफिक व्यवस्थान गर्ने दुई जना ट्राफिक प्रहरीलाई पनि कोरोना पोजिटिभ देखिएको छ । सिंहदरबारभित्र ट्राफिक प्रहरीलाई नै संक्रमण पुष्टि भएपछि रामशाहपथस्थित ट्राफिक प्रहरी महाशाखा सिल गरिएको छ ।शुक्रबार काठमाडौंमा उपत्यकामा ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,