Connect with us
Kapilvast Forest

पार्टीमा बहस र विवाद हुनु सामान्य हो ,बहस पद प्राप्तिका लागि  होइन: प्रचण्ड

२०७७, १७ श्रावण शनिबारमा प्रकाशित

prachanda

 

काठमाण्डु – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा बहस र विवाद हुनु सामान्य कुरा भएको बताएका छन् ।

तुलसीलाल अमात्यको स्मृति दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टी विचार र पद्धतिमा चल्ने भएकोले बहसर विवाद हुनु स्वभाविक भएको बताए ।

उनले पार्टीलाई कसरी अगाडि बढाउने? विचार, मान्यता, विधि र पद्धति कस्तो हुने भन्ने बहस नेकपाभित्र भएको भन्दै त्यसलाई प्रतिक्रियावादीहरूले पद प्राप्तिको झिनाझम्टी भन्ने गरेकोले नपत्याउन उनले आग्रह गरे।

‘पदका लागि होइन, राष्ट्र र जनताको सेवा नै मुख्य हो,’ तुलसीलाल अमात्यको स्मृतिमा शनिबार भएको कार्यक्रममा प्रचण्डले भने, ‘पद हाम्रो विषय होइन। राष्ट्र र जनताको भविष्य सुनिश्चित गर्ने र विकास गर्ने जिम्मेवारीमा हामी छौं।’पद दिएर कम्युनिष्टसँग एकता हुन नदिनेहरूसँग विगतमा आफू लड्दै आएको पनि प्रचण्डले बताए।

उनले कम्युनिष्ट पार्टी विचार र पद्धतिमा चल्ने भएकोले बहस स्वभाविक हुने बताए। यो हुनु सामान्य हो, पार्टी भित्रको बहस नेतृत्व प्राप्तिका लागि भने होइन ।’पद प्राप्तिका लागि तछाडमछाड भइरहेको भन्ने गलत प्रचार भइरहेको भन्दै अध्यक्ष प्रचण्डले भने, ‘यो पदको झिनाझम्टी विल्कुलै होइन ।’प्रचण्डले पार्टी एकता अझै माथिल्लो स्तरमा सुदृढ गर्नु पर्ने बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,