Connect with us
Kapilvast Forest

थारु समुदायमा हरेरी पूजा किन र कसरी मनाइन्छ ?

२०७७, १७ श्रावण शनिबारमा प्रकाशित

tharu parwa

राम अवतार चौधरी,कपिलवस्तु । बदलिंदो समय संगै समाज परिवर्तन हुनु स्वभाविक हो । हरेक समुदायको अ–आफ्नो मौलिक भेषभुषा, मूल्यमान्यता र पहिचान छुट्टाछुटै हुने गर्दछ । यस्तै अन्य समुदायको तुलनात्मक हिसाबले थारु समुदाय एक साँस्कृतिक रुपमा अब्बल रहेको मानिन्छ ।

आजा पुर्खाले बर्षौँ देखि मान्दै आएको पुर्खौली परम्परा रितिरविाजलाई अहिलेको पुस्ताले कतै बिर्सिदै आएको त छैन् ? कतै थारु जातिको अस्तित्व त मेटिने होइन् ? अनि कल्चर बचाउन जरुरी छ वा छैन् भन्ने बिषय आफैमा चिन्तजनक हो र मलाई लाग्छ यस बिषयमा थारु अगुवा लगायत सामान्य व्यक्तिलाई समेत वर्तमान समयमा चिन्तन र जिज्ञासाको बिषय बनेको छ र बन्नु आवश्यक पनि हो । पछिल्लो समय युवा पुस्ताले पनि आउने भबिष्यको बारेमा गम्भिर हुनु महत्वपूर्ण देखिन्छ ।

यस्तै यस्तै प्रश्नहरु तपाईको मन मष्तिष्कमा खेलिरहेको हुनुपर्छ । वास्तवमै थारु जाति र थारु समुदाय कला संस्कृतिमा निकै धनी नै छ । त्यसै अनुरुप थारु समुदायको हेरेरी पुजाको बिषयमा चर्च गर्नु पर्दा यो थारु जातिको पहिचानको मुख्य महत्वपूर्ण अङ्गको रुपमा हेरिने गरेको पाईन्छ । बिशेषगरी थारु समुदायले धानको रोपाइ सकिए पछि यो पुजा प्रत्येक बर्ष गर्ने चलन छ ।

भौगोलिक विविधता तथा परिवेश अनुसार यो पुजालाई फरक तरिकाले गर्ने गरिन्छ । तर कपिलवस्तुका थारु समुदायको अनुकूल यस पुजाले रोपेको धान हरियो हुनुका साथै राम्रो फलोेस् भनि मान्याता राख्दछ । हरेरी पुजा कुनै पनि गाउँका थारु समुदाय एकजुट भएर गर्ने गरको विद्यमान छ । जिल्लाको शिवराज नगरपलिका–३ का ८० बर्षीय गुरवा सिताराम थारुले यस पुजाले थारु समुदायमा एकता ल्याउनुका साथै मेलमिलाप, सामाजिक सद्भाव सिर्जना हुने वातावरण समेत सहज हुने गरेको बताइन्छ ।

हरेक बर्ष यो पुजा गर्ने गरे त पनि प्रत्येक तेस्रो बर्षमा अलि भिन्नै हुने गरेको थारु अगुवाहरुको भनाई छ । ठाउँ अनुुुसार यो चलन फरक हुने गर्दछ । डिउहार (मरैया) मा अरु बर्ष रातीभरी बसीदैन् तर तस्रो बर्ष भने त्यहाँ गाउँभरका पुरुष एक ठाउँ जम्मा भएर मदल बजाएर नाच, गान र पुजा अराधना गर्दै रात बिताउने चलन पुस्तौँ देखि चल्दै आएको छ ।

गाउँका मानिस मात्रै भएर अझै गुरवा र त्यो सँग बस्ने केसउका समेत बस्ने गर्दछन् । यसैगरी राती पुजा गरेर सके पश्चात् बिहान गाउँका प्रत्येक घरबाट चामल, दाल र सब्जी लगायतका सामाग्री मिलाएर एकठाउँमा भात, बरिया, पकौरा, सोहेना, कुखुराको मासु र बंगुरको मासु पकाएर दिउहर (मरैया) मा केटाकेटीलाई बोलाएर प्रसादको रूपमा खिलाउने गरिन्छ ।

साथै गाउँका हरेक घरका एक जना व्यक्तिलाई एक छाक पुग्ने गरि बाँड्ने र सबै एकठाउँमा खाना खाने रमाउने गर्दछन् । गुरवा र केसउका भनिने मादलको तालमा नाच्ने र थारु परम्परानुसार प्रकृति यनिकी माटोले बनाएको एउटा बाघ र १० ओटा घोडा साथमा माटोले बनाएको दियो समेत बालेर गाउँ समाजलाई रक्षा होस् भनी पुजा गर्ने गरेको करिब १६ औँ बर्ष देखि नै यसै क्षेत्रमा सामाजिक काम गर्दै आएको गुरवा थारु बताए ।

त्यसैगरी ६२ बर्षीय बाणगंगा नगरपालिका–६ निवासी झगरु थारुले हरेरी पुजा खासगरी खेतिपाती गर्दा किरा, फट्ङग्रा लगायत जनावरहरुको जानी न जानी मारिएका हुन्छन् तिनीहरुको पाप आफूलाई नगोस् भगवानबाट माफ होस् भनी मान्यताका साथ पुजा गर्ने गरेको थारु बताए । उनका अनुसार गुरवाले पुजा गर्दा गाउने गीत बरका फुलवार वा खेतवती धर्ती कसरी बन्यो सृष्टि रचनाबाट सुरु हुन्छ “अक्ल काल गुर बाबा शकर पार्वतीके धानी हो”

जलैजलले भरिएको संसारमा धर्ती रचना गर्ने क्रममा कमलको फूल माथि बसेको ईश्वरले सृष्टि रचना गर्दै गर्दा अब यसरी हुँदैन् अब माटोको पत्ता लगाउन को जाने भन्दा गगटो लगायत अन्य जानवरहरु लिना पठाउँदा कोही पनि ल्याउन नसकेको खण्डमा गड्यौलालाई माटो लिउन ईश्वरले पठाएको थारुले जनाए ।

यस्तै माटो लिएर (खाएर) आउने क्रममा रक्षसले बनयो तँ कहाँ गएको भन्दा गड्यौलाले जवाफ दियो घुमना गएको भनेर र पनि रक्षसले निमोटर छाडे तर पनि गड्यौला अलिकति भए पनि ईश्वर सम्म पुगेरै छाडेयो । अनि ईश्वरले गड्यौलालाई भने ल ठिक छ अब त जुगौँजुग बाँच्छस् तेरो बंश अमर हुनेछ भनेर अशिर्वाद दिए ।र पुनः भने यस धर्तीमा संख्या बढ्दै जना थाल्यो ।

आफूलाई थाहा भए अनुसार दोस्रो विश्वयुद्ध पछि खेती गर्न सुरुवात सँगै हरेरी पुजने चलन चल्दै आएको बताउँदै यसले गाउँ समुदाय हराभरा रहने साथै गाउँमा रोग व्याधी न लागोस् भनी र रोपेको धान लगायत अन्नबालीमा किरा नलागोस् भनी यो पुजा गर्ने गरेको समेत अगुवा थारुले जनाए ।

त्यसैगरी शिवराज नगरपालिका–२ का सामाजिक थारु अगुवा कल्लु थारुले आफूले खेतीपाती गर्दा मारिएका किरा लगायत अन्य जन्तुको नाश भएकोमा भगवानसँग क्षमा याचना गर्न हरेरी पुजा पुजने गरेको उनले बताए । अगुवा थारुले थारु समुदायको सदियौँ देखि आजा पुर्खाले संरक्षण गर्दै आएको राम्रो चाल चलन लोप हुँदै गएको प्रति चिन्ता व्यक्त गरे । र भने आउने समयमा थारु जातिको पहिचनमुलक संस्कृति र संस्कारलाई वर्तमान पुस्तले आत्मसात गर्दै जिम्मेवार नभए थारु समुदायको अस्तित्व नै मेटिने संकेत रहेको बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,