Connect with us
Kapilvast Forest

जलविद्युत् कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि

२०७७, १७ श्रावण शनिबारमा प्रकाशित

stock

 

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएका ३३ ओटा जलविद्युत् कम्पनीमध्ये १५ ओटा जलविद्युत कम्पनीको शेयरमूल्य अंकित मूल्यभन्दा कम रहेको छ ।

पछिल्लो समयमा लगानीकर्ताहरुको रोजाइमा नपरेकाले पनि जलविद्युत् कम्पनीको शेयरमा मूल्यमा कमि आएको हो । १५ ओटा कम्पनीमध्ये सबैभन्दा कम शेयरमूल्य खानी खोला हाइड्रोपावर कम्पनीको रहेको छ ।

गत हप्ता धेरै जसो जलविद्युत् कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सबैभन्दा बढी बिहीवार खानीखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेर प्रतिकित्ता रू. ५५ मा पुगेको छ ।

यसरी हेर्दा लगानीकर्ताहरुले कम मूल्य भएका कम्पनीको शेयर मूल्य बढेको बजारमा अल्पकालिन रुपमा लगानी गरी निश्चित प्रतिफल पाएपछि विक्री गर्ने गरेको पाइन्छ ।

नेप्सेमा सूचीकृत ३१ओटा जलविद्युत् कम्पनीमध्ये १५ ओटा कम्पनी बाहेक बाँकी कम्पनीको शेयर मूल्य रू. १०० भन्दा बढी रहेको छ । सबैभन्दा बढी शेयर मूल्य भएको जलविद्युत् कम्पनी चिलिमे हाइड्रोपावर कम्पनीको रहेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३९५ रहेको छ ।

पछिल्लो समयमा प्राथमिक बजारमा पनि जलविद्युत् कम्पनीको शेयर विक्री हुन छाडेको छ । माउण्टेन इनर्जी कम्पनीले निष्कासन गरेको आईपीओमा आवेदन दिने लगानीकर्ता नभएपछि बारम्बार स्थगित हुँदै आएको छ भने लिवर्टी इनर्जी कम्पनीको आईपीओमा लगानीकर्ताको आर्कषणनै कम देखिन्छ ।

नियामक निकायको अभाव र हाइड्रोपावर कम्पनीको भित्रको आर्थिक सुशासन राम्रो नहुँदा यो क्षेत्रमा लगानीकर्ताहरुको आर्कषण कम भएको देखिन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,