Connect with us
Kapilvast Forest

११ ओटा चार्टर उडानमार्फत १ हजार १४ नेपाली स्वदेश फर्किए

२०७७, १७ श्रावण शनिबारमा प्रकाशित

aero
file photo

काठमाडौं । विभिन्न मुलुकमा अलपत्र एक हजार १४ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ को जोखिमका कारण विदेशमा अलपत्र परेका उनीहरु विभिन्न एयरलाइन्सले उद्धार चार्टर उडानमार्फत स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा शनिवार आवागमन र प्रस्थान दुवै गरी ११ अन्तरराष्ट्रिय चार्टर उडान भएका छन् ।

यी उडानबाट दुई शव पनि नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्सले दुबईबाट २६५ यात्रु र दुई बच्चा नेपाल ल्याएको छ । सोही एयरलाइन्सले कुवेतबाट १४९ यात्रु र एक बच्चा तथा रियादबाट २५८ यात्रु र दुई शव नेपाल ल्याएको छ । थप नेपालीको उद्धार उडानका लागि नेपाल एयरलाइन्सका जहाज क्वालालम्पुर र दोहा उडेको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

हिमालय एयरलाइन्सले अबुधाबीबाट १४३ यात्रु र तीन बच्चा तथा दोहाबाट १५३ यात्रु काठमाडौं ल्याएको छ । त्यस्तै इतिहाद एयरवेजले अबुधाबीबाट १३६ यात्रु र एक बच्चा नेपाल ल्याएको छ । एयर अरेबियाले सारजाहाबाट १६८ यात्रु र एक बच्चा नेपाल ल्याएको विमानस्थलले विज्ञप्ति मार्फत जानकारी दिएको छ । आइतवार पनि विभिन्न एयरलाइन्सका १३ ओटा चार्टर उडान गर्ने विमानस्थलको तालिका छ ।

शनिवार आन्तरिकतर्फ ६ ओटा चार्टर उडान भएका छन् । सीता एयरले सुर्खेत तथा मनाङ, सिम्रिक, एयर डाइनेष्टि र कैलाश एयरका हेलीकप्टरले विभिन्न गन्तव्यमा उडान गरेको विमानस्थलले जानकारी दिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,