Connect with us
Kapilvast Forest

एउटै बैंकका शाखाबाट हुने कारोबार निःशुल्क

२०७७, १८ श्रावण आईतवारमा प्रकाशित

patrika

काठमाडौं:आफ्नो खाता रहेको बैंकको जुनसुकै शाखाबाट कारोबार गर्दा पनि बैंक तथा वित्तीय संस्थालाई शुल्क तिर्नु नपर्ने भएको छ । एनी ब्रान्च बैंकिङ सर्भिस (एबीबीएस) भनिने उक्त कारोबारमा ग्राहकबाट शुल्क नलिन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले निर्देशन दिएको छ ।

यसअघि प्राकृतिक व्यक्तिको हकमा २ लाख रुपैयाँसम्मको एबीबीएस कारोबारमा मात्र शुल्क लिन नपाइने व्यवस्था थियो । अब भने जतिसुकै रकमको कारोबारमा पनि शुल्क तिर्नु नपर्ने भएको छ । यो सुविधा व्यक्तिगत ग्राहकलाई मात्र नभई संस्थागतलाई पनि भएको राष्ट्र बैंकले जनाएको छ ।

यसअघि आफ्नो खाता रहेको बैंकबाट सोही बैंकको अर्को व्यक्तिको खातामा पैसा जम्मा गर्दा पनि दुई लाख रुपैयाँभन्दा धेरै रकममा शुल्क तिर्नुपर्थ्यो । यस्तो शुल्क बैंकपिच्छे फरक हुने गरेको थियो । यस्तै खाता खोल्दा तथा बन्द गर्दा पनि शुल्क लिन नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ । प्रतिस्पर्धा बढेकाले अहिले धेरै बैंकले खाता खोल्दा पैसा लिने गरेका छैनन् । तर खाता खुलेको ६ महिनाअघि बन्द गर्नुपरेको अवस्थामा शुल्क लिँदै आएका थिए । अब त्यो शुल्क पनि लिन नपाइने भएको हो । बैंक तथा वित्तीय संस्थाले ‘गुड फर पेमेन्ट’ चेक जारी गर्दासमेत शुल्क लिन पाउने छैनन् । यसअघि यस्तो चेक जारी गर्दा शुल्क लिन पाउने व्यवस्था थियो । कान्तिपुरमा खबर छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,