Connect with us
Kapilvast Forest

कपिलवस्तु: चन्द्रौटा- कृष्णनगर सडक खण्डमा मनपरी भाडा असुली

२०७७, १८ श्रावण आईतवारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको चन्द्रौटा कृष्णनगर सडकमा चल्ने यात्रुवाहक सवारीले मनपरी भाडा असुल गरेको पाईएको छ । चन्द्रौटा कृष्णनगर सडकमा चल्ने सवारीले महंगो भाडा असुल गरेको यात्रुहरुले गुनासो गरेका छन ।

सरकारले लकडाउन हटाएपछि चल्न थालेका सावारीले आफुखुशि भाडा असुल्न थालेपछि यात्रुहरु पिडित वनेका छन ।सरकारले ५० प्रतिशत भाडा वढाएर एक सिट छाडेर सावारी चलाउन दिने सर्तमा यात्रुवाहुक सवारी चल्न थालेका थिए । लकडाउन अघि सम्म यो सडकमा यात्रुले ४० रुपैंया भाडा तिर्दै आएका थिए ।

लकडाउन पछि सरकारले ५० प्रतिशत भाडा वृद्धी गर्दा ६० रुपैयां हुन आउछ । तर सवारीले एक यात्रुवाट ३ सय देखि ८ सय सम्म भाडा असुल गरेको एक यात्रुले वताएका छन ।

कृष्णनगरवाट चन्द्रौटा आएका एक यात्रुले आफुलाई सवारी धनीले सुरुमा ८ सय रुपैंया मागेको यति धेरै भाडा दिन नसक्ने वताएपछि ५ सय मागेको र नाजायज भाडा किन मागेको भनेर प्रश्न गर्दा विवाद गरेपछि वाध्य भएर ३ सय रुपैंया दिएको गुनासो गरेका छन ।

ईलाका प्रशासन कार्यालय चन्द्रौटाका साखा अधिकृत पुष्पराज पाण्डेले मनपरी भाडा असुल गर्ने सावारीलाई अनुगमन गरि कारवार्ही गरिने वताउनुभएको छ ।

अहिले सम्म कुनै यात्रुवाट उजुरी नआएको भन्दै यात्रुको उजुरी आएमा अनुसन्धान गरि कारवार्ही गरिने अधिकृत पाण्डले वताउनुभयो । नियम भन्दा वढि भाडा असुल गर्ने कार्य गैरकानुनी भएकाले तत्काल अनुसन्धान अगाडी वढाएर कारवार्ही गर्ने पनि वताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,