Connect with us
Kapilvast Forest

बामदेवबाट धोका भएको प्रचण्ड-माधवको निष्कर्ष

२०७७, १८ श्रावण आईतवारमा प्रकाशित

madhav_prachand

 

 

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता संकट अझै टरेको छैन । ओलीको राजीनामा माग्दै आएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल अझै पछि हटेका छैनन् ।

प्रचण्ड र माधव नेपाल आन्तरिक छलफल गर्दै भावी रणनीति तय गर्न लागेका छन् । राजीनामा माग्ने समुहका उपाध्यक्ष बामदेव गौतम यु टर्न भई ओलीलाई फाइदा हुने गरी प्रस्तुत भएपछि प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल नयाँ रणनीति बुन्न सक्रिय भएका हुन् ।

विश्वस्त स्रोतका अनुसार तीनैजना नेताहरुले उपाध्यक्ष गौतमबाट धोका भएको निष्कर्ष निकालेका छन् । आन्तरिक बैठकमा नेता नेपालले गौतमबाट विगतमा पनि धोका भएको र फेरि धोका भयो भन्दै नेता अब पत्याउन नसकिने बताएका थिए । प्रचण्डले पनि गौतमले सारेको छ बुँदे प्रस्तावमा शंका व्यक्त गरेका छन् ।

ओलीलाई गलाउँदै लगिएको अवस्थामा एकाएक गौतमले छ बुँदे प्रस्ताव सारेर पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवैमा रहन दिने विषय उल्लेख गरेका थिए । उनले एउटा बुँदामा मात्र प्रचण्डलाई कार्यकारी अधिकारसहित पार्टीको सम्पूर्ण जिम्मेवारी दिने विषय राखेका थिए । प्रचण्डलाई फकाउन यो बुँदा राखिएको ओलीइतरको समुहको बुझाई छ । ओली यसमा सहमत भएका छन् । उनका निकटस्थले बामदेवको प्रस्ताव नै सहमतिको बिन्दु हुनसक्ने बताएबाट यो तयार गर्न ओली पक्षकै नेताहरु सक्रिय भएको प्रचण्ड र माधव समुहको निष्कर्ष छ ।

सहमतिको छ बुँदा ल्याएपछि प्रचण्ड र माधव नेपाल सहमत छैनन् । विशेषगरी वरिष्ठ नेता माधव नेपाल वार कि पार मै जान चाहिरहेका छन् । ओली पक्ष पनि प्रचण्ड गल्ने अवस्थामा पुगिसकेको तर नेता नेपालका कारण माहोल अनुकूल नबनेको बुझाईमा छ । अहिले ओलीसँग प्रचण्डको भन्दा माधव नेपालको टकराव बढेको छ ।

स्थायी कमिटी बैठकबारे अन्यौल भइरहँदा प्रचण्ड नेपाल पक्षले केन्द्रीय कमिटी बैठकका लागि हस्ताक्षर बुझाएको छ । विधान अनुसार अबको २० दिनभित्र बैठक बस्नुपर्ने हुन्छ । अब अन्तिम फैसला केन्द्रीय कमिटीमै हुनसक्ने अवस्था सृजना भएको छ । अहिले देखि नै नेताहरुले केन्द्रीय कमिटीको अंकगणितलाई ध्यान दिन थालिसकेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,