Connect with us
Kapilvast Forest

इंग्ल्यान्डलाई एकदिवसीय सिरिज

२०७७, १८ श्रावण आईतवारमा प्रकाशित

 

एजेन्सी । घरेलु टिम इंग्ल्यान्डले आयरल्याण्डविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज एक खेल अगाबै जितेको छ ।साउथह्याम्पटनमा शनिबार राति भएको दोस्रो खेलमा ४ विकेटको जित निकाल्दै इंग्ल्यान्डले तीन खेलको सिरिज एक खेल अगाबै २-० ले आफ्नो बनाएको हो ।

यस अघि पहिलो खेलमा इंग्ल्यान्डले आयरल्याण्डलाई ६ विकेटले हराएको थियो । अब दुई टोलीबीचको तेस्रो तथा अन्तिम एकदिवसीय मंगलबार हुनेछ ।एजेस बाउलमा आयरल्याण्डले दिएको २ सय १३ रनको लक्ष्य इंग्ल्यान्डले ३२ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।

इंग्ल्यान्डको जितमा जोनी बेयरट्रोले ८२ रनको अर्धशतकीय इनिङ्स खेले । डेभिड विलिले अविजित ४७ रन जोड्दा साम विलिङ्स अविजित ४६ रन बनाए ।आयरल्याण्डका जोस लिटलले ३ तथा कुर्टिसले २ विकेट लिए ।

 

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो ।आयरल्याण्डका कुर्टिस काम्फेरले ६८ रनको अर्धशतकीय इनिङ्स खेले । सामी सिंहले २५ तथा एन्डी म्याकब्रिनेले २४ रन बनाए ।इंग्ल्यान्डका आदील रशिदले ३ विकेट लिए । सकिब महमुद र डेभिड विलिले २/२ विकेट लिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,