Connect with us
Kapilvast Forest

धानको उत्पादन बढ्ने आँकलन

२०७७, १८ श्रावण आईतवारमा प्रकाशित

dhan

बाँके । धान रोपाइँ समयमै भएकाले बाँकेमा यस वर्ष प्रतिहेक्टर चार मेट्रिक टनका दरले एक करोड ४४ लाख क्विन्टल धान उत्पादन हुने आँकलन गरिएको छ ।

कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लामा यस वर्ष करीब ३६ हजार हेक्टरमा धानखेती गरिएको छ । रोपाइँ सकिएपछि पानी लगातार परेकाले धान सप्रने अपेक्षा केन्द्रले गरेको छ ।

यहाँ उत्पादन भएको आधा धान चामलमा परिणत गरी कर्णालीलगायत विभिन्न जिल्लामा निर्यात हुँदै आएको केन्द्रका बाली विकास अधिकृत शकिल अहमदले बताए ।

बाँके धानबालीमा अत्मानिर्भर भएको जिल्ला हो । जिल्लाका अधिकांश किसानका लागि धानबाली मुख्य आर्थिक स्रोतका रूपमा रहेको छ । यस वर्ष खेतमा हरियो धान लहलह भएको देख्दा किसानमा पनि बाली सप्रने आशा पलाएको छ ।

धानको उत्पादन वृद्धि गर्नका लागि जिल्लामा धान ब्लक, धान पकेट तथा स्मार्ट कृषिगाउँ कार्यक्रम पनि लागू भएको छ । यस कार्यक्रमले पनि धानको उत्पादनमा वृद्धि हुँदै गएको उनको भनाइ छ ।

किसानले ज्ञान केन्द्रबाट सिफारिस गरिएका राधा–४, जानकी, मन्सुली, हल्दीराम र केही स्थानीय जातका धान लगाएका छन् । जिल्लामा यस वर्षदेखि सिँचाइ सुविधा उपलब्ध भएको कारण पनि धानको राम्रो उत्पादन हुने अपेक्षा गरिएको हो ।

सिक्टा सिँचाइ आयोजनाले यहाँका ४० प्रतिशत क्षेत्रफलमा बाह्रै महीना सिँचाइ सुविधा पुर्‍याएको छ । विगतका वर्षमा आकाशेपानीको भरमा धानखेती हुँदै आएकोमा आयोजनाले नहरमा पानी छाडेपछि नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी, बैजनाथ र जानकी गाउँपालिकाको धानखेत हराभरा भएका छन् भने किसान पनि खुशी देखिएका छन् ।

किसानद्वारा उत्पादित धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरीद गर्ने गरेको छ । सरकारले निर्धारण गरेको समर्थन मूल्यमा कम्पनीले आवश्यकताका आधारमा धान खरीद गर्ने गरेको भरतराज खनियाँले जानकारी दिए । उनका अनुसार कम्पनीले गत वर्ष खरीद गरेको धान कुटाएर चामल बनाई विभिन्न जिल्लामा निकाशा गरिसकेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,