Connect with us
Kapilvast Forest

नियम विपरितका विहारलाई कानुनी दायरामा ल्याउछु : मन्त्री भट्टराई

२०७७, १८ श्रावण आईतवारमा प्रकाशित

सनिउल्ला धोबी-

काठमाडौ साउन १८- नागरिक उड्डयन तथा पर्यटनमन्त्री योगेश भट्टराईले बृहत लुम्बिनी गुरुयोजना क्षेत्र अन्तर्गत बाँकी प्लटहरु (विहारहरु) को वस्तुस्थितिको अध्ययन सम्बन्धि प्रतिवदेन बुझ्नु भएको छ ।

लुम्बिनी विकास कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीले उक्त प्रतिवेदन मन्त्री भट्टराईलाई बुझाउनु भएको हो ।

प्रतिबेदन बुझ्दै मन्त्री भट्टराईले प्रतिबेदन अध्ययनपछि नियम विपरित रहेका विहार तथा होटालहरुलाई कानुनी दायरामा ल्याउने बताउनु भएको छ ।

लुम्बिनी विकास बोर्ड बैठकबाट गत वर्षको माघमा गठित उप–समितिले अध्ययन सम्पन्न गरी मन्त्री भट्टराईलाई आज प्रतिबेदन हस्तान्तरण गरिएको कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीले बताउनु भयो ।

उक्त प्रतिबेदनमा ४० वटा विहार तथा सम्झौता गरिएका ३ वटा होटेल लगायतको विषयमा उल्लेख गरिएको छ ।

विहार निर्माणको वास्तविक अवस्था तथा लुम्बिनीमा रहेका विहारहरु बृहत लुम्बिनी गुरुयोजनाको मापदण्ड भित्र रहे नरहेको वास्तविक अवस्थाका साथै निर्माण कार्य सुरु नै नगरेका विहारहरुको बारेमा प्रतिवेदनमा समाबेश गरिएको छ ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रतिवेदन लेखन उप–समितिका सदस्यमा सुरेन्द्र मुनी शाक्य, मन्त्रालयका प्रतिनिधि उपसचिव दुर्गा भुर्तेल रहनु भएको थियो ।

भगवान गौतम बुद्धको जन्म स्थल लुम्बिनी क्षेत्रको संरक्षण गरी विश्वभर चिनाउने उद्देश्यले सुरु गरिएको लुम्बिनी विकास गुरुयोजना ४ दशकसम्म पनि अझै पूरा हुन सकेको छैन । सन् १९७८ मा सुरु गरिएको गुरुयोजना १४ वर्ष भित्र पूरा गर्ने महत्वकांक्षी लक्ष्य राखिएको थियो ।  गुरुयोजना अन्तर्गत निर्माण गर्नुपर्ने कतिपय संरचनाहरु निर्माण भइसके पनि कतिपय महत्वपूर्ण संरचनाहरुको निर्माण कार्य अझै बाँकी रहेको छ ।

गुरुयोजनाको अझै करिब ३० प्रतिशत काम बाँकी रहेको लुम्बिनी विकाश कोषले जनाएको छ ।जापानी बास्तुकलाविद् केन्जो टाँगेको डिजाइनमा अघि बढाइएको गुरुयोजना अन्तर्गत १ हजार १ सय ५५ विघामा पवित्र उद्यान, मोनाष्टिक जोन र न्यु लुम्विनी भिलेजका रुपमा विकास गर्ने योजना रहेको छ ।

लुम्बिनीमा हाल विभिन्न देशका छुट्टाछुट्टै मन्दिरहरु रहेका छन् भने कतिपय देशका मन्दिरहरु निर्माणको क्रममा रहेका छन् । विशिष्ट धार्मिक महत्व बोकेको स्वदेशी एवं विदेशी सबैको आकर्षणको थलो बृहत लुम्बिनी गुरुयोजना जतिसक्दो चाडो सम्पन्न गर्नु अहिलेको हाम्रो राष्ट्रिय आवश्यकता हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,