Connect with us
Kapilvast Forest

विप्लव जिल्ला सेक्रेटरी सहित तीनजना पक्राउ

२०७७, २५ श्रावण आईतवारमा प्रकाशित

pakrau

जुम्ला-विप्लव समुहका जुम्ला जिल्ला सेक्रेटरी सहित तीनजनालाई जिल्ला प्रहरी कार्यालय जुम्लाले पक्राउ गरेको छ । शनिवार प्रहरीले तिला गाउँपालिका ७ घोडेगाउँबाट तीनलाई पक्राउ गरेको डिएसपी लाल बहादुर धामीले जानकारी दिनु भयो ।

स्थानीयतहका जनप्रतिनिधि तथा ठेगेदार लगायतका व्यक्तिहरुबाट चन्दा मागि रहेको अबस्थामा प्रहरीले उनिहरुलाई प्रक्राउ गरी नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा विप्लव समुहका जुम्ला सेक्रेटरी रहेका मुगु जिल्ला सोरु गाउँपालिका ६ का ३७ वर्षिया राजबहादुर भाम,जुम्ला हिमा गाउँपालिका ७ धाँचु गाउँका २१ वर्षिय नन्द तिरुवा र हिमा गाउँपालिकाकै १६ वर्षिया यूवती सपना बुढा रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।प्रहरीले उनिहरुबाट चन्दा उठाउने रसिद, विप्लव समुहको सदस्यता रसिद तथा अन्य किताबहरु बरामद गरिएको छ ।

भने,विभिन्न पटक जनप्रतिनिधिलाई फोन गरेर धम्काउने, तर्साउने, गाउँपालिकाको कार्यालयमा राती तालाबन्दी गर्ने तथा चन्दा मागेर हैरान गर्ने गरेका कारण गोप्य सूचनाका आधारमा प्रहरीले पक्राउ गरिरहेको छ । गोप्य सूचनाका आधारमा यसघि पनि हिमा गाउँपालिकाबाट सेक्रेटरी सहितको केहि टोली प्रहरी पक्राउ गरेको थियो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,