Connect with us
Kapilvast Forest

कोरोना संक्रमित थप दुईको मृत्यु, हालसम्म ७५ जनाको निधन

२०७७, २५ श्रावण आईतवारमा प्रकाशित

काठमाडौ :कोरोना संक्रमित थप दुईजनाको निधन भएको छ ।योसँगै संक्रमण भएर मृत्यु हुनेको संख्या ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार कास्की जिल्ला पोखरा उपमहानगरपालिका– १९ का ६२ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो ।

उनी मधुमेहका बिरामी भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनु भयो ।त्यसैगरी पर्सा जिल्ला वीरगन्ज महानगरपालिका– २ की २० वर्षीया महिलाको पनि शनिबार निधन भएको छ ।उनलाई उपचारका लागि नारायणी कोभिड अस्थायी अस्पताल लगेपछि मृत्यु भएको गौतमले जानकारी दिनु भयो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,