Connect with us
Kapilvast Forest

पत्रकार सुवेदीविरुद्ध कलाकार संघमा नायिका पूजा शर्माको उजूरी

२०७७, २५ श्रावण आईतवारमा प्रकाशित

काठमाडौ:
एपी वान टेलिभिजनको ‘रजतपट’ कार्यक्रममा पत्रकार प्रकाश सुवेदीले अपमानजनक र अशोभनीय शब्द प्रयोग गरेपछि फिल्मकर्मीहरु उनको विरोधमा उत्रिएका छन् । पत्रकार सुवेदीले कार्यक्रममा कसैको नाम उच्चारण नगरी ‘दारे’ शब्द प्रयोग गरेका थिए । उनले आफूप्रति लक्षित गरेर उक्त टिप्पणी गरेको पूजाको प्रतिक्रियापछि फिल्मकर्मीहरु उनको समर्थनमा उभिएका छन् ।

यसबीच, अभिनेत्री शर्माले आइतवार पत्रकार सुवेदीविरुद्ध चलचित्र कलाकार संघमा उजुरी दिनु भएको छ । निर्देशक सुदर्शन थापाको साथमा संघ पुगेकी उनी निकै भावुक हुनु भएको छ । पत्रकार सुवेदीले कार्यक्रममा प्रयोग गरेको शब्दले आफ्नो अपमान भएको ठानेर उजुरी दिएको उहाँको भनाई छ ।शर्माले चलचित्र पत्रकार संघ, एपीवान टेलिभिजनमा पनि उजुरी दिनु भएको हो
अभिनेत्री पूजालेयस्तो भन्नु भएको छ , ‘प्रकाश दाईसँग ३ महिना अगाडि दिएको अन्तर्वार्ताका म कारण ट्रोलको शिकार भएको थिएँ । जसले गर्दा मैले मानसिक तनाव भोगिरहेको थिएँ । फेरि उहाँले मलाई अन्तरर्वार्ताका लागि बोलाउनुभयो, म जान मानिनँ । उहाँले मलाई हरेक हप्ता गिराएर बोलिरहनुभएको छ । पछिल्लो भाग हेरेपछि मलाई नराम्रो लाग्यो र अब लड्छु भन्ने निर्णय गरेँ ।’

अभिनेत्री पूजाको निवेदन लिँदै कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले उहाँलाई न्याय दिने आश्वासनदिनु भएको छ। उहाँले सञ्चारकर्मीसँग भने, ‘भोली प्रकाशजीले कार्यक्रममा कसैको नाम लिएको छैन भन्दै पन्छिन खोज्नुहोला । तर, उहाँले कसैको नाम नलिएपनि सिंगो फिल्म क्षेत्रलाई होच्याउनुभएको छ । हामी आकस्मिक बैठक बसेर यो विषयमा के गर्ने भनेर निर्णय लिनेछौं ।’

त्यस्तै, निर्देशक थापाले पत्रकार सुवेदीले यसअघि पनि पूजामाथि शब्दमार्फत् ह्यारेस्मेन्ट गरेको आरोपलगाउनु भयो । ‘कसैलाई शारीरिक खोट लगाएर ह्यारेसमेन्ट गर्न पाइँदैन पूजाको लडाईंमा आफू साथमा रहेको उहाँले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,