Connect with us
Kapilvast Forest

नेप्से बढ्यो, झन्डै १ अर्ब रुपैयाँको कारोबार

२०७७, २५ श्रावण आईतवारमा प्रकाशित

nepse

 

काठमाडाैं । नेप्से परिसूचक आइतबार ११ अङ्कभन्दा धेरैले बढेको छ । आइतबार नेप्से परिसूचक ११ दशमलव ३ अङ्कले बढेर १३ सय ९२ दशमलव ६८ अङ्कमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार ‘क’ वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि १ दशलमव ४६ अङ्कले बढेको छ । आइतबार होटल समूहबाहेक सबै समूहका उपसूचक बढेका छन् ।

सबैभन्दा धेरै जीवन बीमा समूहको १ सय २९ दशमलव ५६ र बीमा समूहको १०३ दशमलव ४८ अङ्कले बढेको छ । आइतबार ८७ कम्पनीको कारोबारमा ९७ करोड ७८ लाख रुपैयाँभन्दा धेरैका ३२ लाख १२ हजार कित्ता शेयर किनबेच भएका छन् ।सबैभन्दा धेरै अजोड इन्स्योरेन्स लिमिटेडको नौ करोड २१ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,