Connect with us
Kapilvast Forest

पिडितलाई सहयाेग गर्दै स्थापना भयाे लायन्स क्लब अफ भैरहवा ग्रिनसिटी

२०७७, ३१ श्रावण शनिबारमा प्रकाशित

bhirahawa_NewsCenterNepal
भैरहवा-
हामी सेवा गर्छाैं भन्ने मूल नाराका साथ क्यान्सर पिडित मनाेज गिरिलाई ५१ हजार अार्थिक सहयाेग गर्दै लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीको स्थापना भएकाे छ । युवा व्यवसायि शिवनाथ गुप्ता अध्यक्ष रहनेगरि ५३ सदस्य समिति गठन भएकाे छ । उक्त क्लबले शनिबार भारतकाे नया दिल्लीमा उपचारत गुल्मीको मुसिकोट गाउँपालिका स्थायी ठेगाना भइ हाल रुपन्देहीको सैनामैना नगरपालिका–४ बस्ने मनोज गिरीको उपचारकाेलागि उनकाे परिवारलाई सहयाेग हस्तान्तरण गरेकाे हाे ।
लायन्स क्लब अफ सिद्धार्थनगरकाे स्पाेन्सरमा स्थापित लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीको संघिय सभाका सदस्य सासद प्रमाेद कुमार यादबले शुभारम्भ गरेका हुन् ।सांसद यादवले लायन्सकाे गतिबिधिले सामाजिक सेवामा महत्वपुर्ण याेगदान दिईरहेकाेबेला भैरहवा ग्रिनसिटिकाे भूमिका उल्लेखनीय हुने बताए ।
कार्यक्रममा लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका स्ट्रेटजिक चिफ पीएमजेएफ नवराज न्यौपानेले समाजसेवा र नेतृत्व गर्ने क्षमताको विकासमा लायन्सले खेल्ने भूमिका सधै उच्चाे हुने बताए । साे अवसरमा अर्का स्ट्रेटजिक चिफ एमजेएफ महेशचन्द्र थापाले अनुशासनकाे परिधि भित्र रहेर लायन्सकाे गतिबिधि गरेमा समाज परिवर्तनमा टेवा पुग्ने बताए । जोनचेयरपर्सन तथा लायन्स क्लब अफ सिद्धार्थनगरका पूर्व अध्यक्ष विजय पाण्डेले दाेस्राे विश्वयुद्धपछि अमेरिकाबाट शुरु भएकाे लायन्स गतिबिधि संसारभरि फैलिएकाे बताए ।
लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष नेत्र प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थनगरका कोषाध्यक्ष धर्मराज आचार्यको स्वागत, लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपाल एरिया–४ का कोषाध्यक्ष गौतम कुमार गुप्ताको ध्वजा अभिवादन, डिष्ट्रिक इभ्यालुयसन कमिटी हेड विनोद खरेल , क्लबका संस्थापक प्रथम उपाध्यक्ष गोविन्द प्रसाद गिरी, क्लब व्यानर उद्घाटन कार्यक्रम संयोजक कमल रायमाझी लगायतले मन्तब्य राखेका थिए ।
अमेरिकामा सन् १९१७ मा मेलभिन जाेन्सकाे नेतृत्वमा स्थापना भएकाे लायन्सकाे विक्रम सम्बत १९७१ मा नेपालमा मातृका काेईरालाकाे अध्यक्षतामा लायन्स क्लब अफ बिराटनगर प्रथमपटक स्थापना स्थापना भएकाे थियाे । १९८६ मा विश्वनाथ अग्रवालकाे अध्यक्षतामा स्थापना भएकाे लायन्स कल्ब अफ सिद्धार्थनगरले लायन्स क्लब अफ भैरहवा ग्रिनसिटि स्थापनामा सहयाेग गरेकाे हाे । विश्वमा साढे १४ लाख लायन्सका सदस्य रहेकाेमा नेपालमा ३२ हजार लायन्स सदस्य रहेका छन् ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,