Connect with us
Kapilvast Forest

सचिवालय बैठक बोलाउन नेकपाका शीर्ष नेताको माग

२०७७, ३१ श्रावण शनिबारमा प्रकाशित

काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष तीन नेताले सचिवालय बैठक बोलाउन माग गर्नु भएको छ। नेकपा नेतृत्व विवाद समाधान उन्मुख भइरहेका बेला शीर्ष तीन नेताले सचिवालय बैठक बोलाउन माग गर्नु भएको छ। वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकको मागगर्नु भएको हो ।

शनिबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा यस विषयमा छलफल भएको हो। शुक्रबार पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलको कार्यदेशमााथि जिज्ञासा राख्दै नेताहरुले अध्यक्ष प्रचण्डसँग सचिवालय बैठकको माग गर्नु भएको छ ।

पौडेल नेतृत्वको कार्यदल सदस्यमा भीमबहादुर रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्रप्रसाद पाण्डे रहनु भएको छ । कार्यदल गठनलाई शंकाको दृष्टिले हेर्दै नेताहरुले कार्यदलको कार्यदेशका लागि सचिवालय बैठक माग गरेको स्रोतको दाबी छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,