Connect with us
Kapilvast Forest

अवैद्य सामाग्री बरामद

२०७७, ८ भाद्र सोमबारमा प्रकाशित

राम अवतार चौधरी, कपिलवस्तु-ईलाका प्रहरी कार्यालय बहादुरगञ्जले १७ हजार बराबरको अवैद्य सामाग्री बरामद गरेको छ । भारतबाट भन्सार छलि गरि साईकलमा ढुवानी गरेर ल्याएको अवस्थामा चेकजाँचको क्रममा बरामद गरिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय बहादुरगञ्जबाट आइतबार खटिएको टोलीले ३५ पोका पार्ले जी विष्कुट, ४१ लिटर जय माँ भारत खाने तेल, १० प्याकेट फुल्कि रहेको छ ।

 

त्यसैगरी ४० पिस सेतो माला, २० प्याकेट प्लाष्टिक थाल, ४० प्याकेट रातो अविर रङ, ५ प्याकेट रातो सिन्दुर रङ र ३ थान साईकल सहित बरामद गरिएको र सो अवैध कार्यमा संग्लन मानिसहरु भने फरार रहेको प्रहरीको भनाई छ । बरामद सामाग्री करिब १७ हजार ३ सय ५० रुपैयाँ रकम बराबर रहेको जनाउँदै उक्त सामान आवश्य कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय पठाईएको ईलाका प्रहरी कार्यालय बहादुरगञ्जका नायब निरीक्षक धर्मराज भण्डारीले जनाए ।

अवैध क्रियाकलाप नियन्त्रणमा आफूहरु सजग रहि तस्करहरुको पहिचानमा सदवै तत्पर रहेको उनले बताए । आम सर्वसाधारण लगायत सरोकारवालासँग निरन्तर छलफलमा जुटेको बताउँदै अवैध कार्यमा संग्लन व्यक्तिहरुको थप खोजी कार्य भइरहेको नायब निरीक्षक भण्डारीले जानकारी दिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,