Connect with us
Kapilvast Forest

अवैध सामानसहित २ जना पक्राउ

२०७७, ८ भाद्र सोमबारमा प्रकाशित

pakrau fiture

 

गुलरिया- बर्दिया प्रहरीले ठूलो परिमाणमा ओखर र छोहोरासहित दुईजनालाई पक्राउ गरेको छ । राजापुर नगरपालिका ७ स्थित बेलासा गाउँको सडकहुँदै भारत लैजान तयारीमा राखिएको ४४ लाख ६९ हजार ९९० रुपैयाँ मुल्यको ओखर र छोहोरा बदामद गरेको हो ।

नेपालबाट भन्सार छली भारततर्फ निकासी गर्न तयारी अवस्थामा राखिएको अवस्थामा प्रहरीले ३ सय ९६ बोरा ओखर र ५९ बोरा छोहोरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिनु भयो ।

प्रहरीले चोरी पैठारीको आरोपमा राजापुर नगरपालिका ४ बस्ने ३२ वर्षीय जाबेद मनिहार र जिल्ला कञ्चनपुर कृष्णपुर नगरपालिका ४ घर भएका तर हाल राजापुर बजारमा व्यापार गर्दै आएका ३० वर्षीय रमेश ढुँगानालाई पक्राउ गरेको छ ।

बरामद गरेका सामग्रीसहित दुवैजनालाई भन्सार कार्यालय गुलरिया, बर्दियामा बुझाइएको प्रनाउ खड्काले जानकारी दिनु भयो ए । पक्राउ परेका दुवैजनामाथि छानविन भइरहेको प्रहरीले जनाएको छ । बरामद सामग्रीहरु भन्सार छली भारत लैजान लागेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,