Connect with us
Kapilvast Forest

मरेका हात्तीमा क्षयरोग देखिएपछि जिउँदोको परीक्षण शुरु

२०७७, ८ भाद्र सोमबारमा प्रकाशित

 

चितवन -मरेका हात्तीमा क्षयरोगको जीवाणु देखिएपछि चितवन राष्ट्रिय निकुञ्जका जिउँदो हात्तीको आजबाट नमूना सङ्कलनको काम शुरुआत गरिएको छ ।निकुञ्जमा ५९ हात्ती रहेका छन् । निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजय श्रेष्ठले सौराहाका हात्तीमा क्षयरोग परीक्षणका लागि नमुना सङ्कलनको काम शुरुआत भएको जानकारी दिनु भयो । हात्तीको कान वा पुच्छरको नशाबाट रगतको नमूना सङ्कलन गर्न थालिएको छ ।

हात्ती प्रजनन् केन्द्र खोरसोरमा २० र सौराहामा आठ हात्ती रहेका छन् । ती हात्तीको नमूना सङ्कलन गर्न चारदेखि पाँच दिन लाग्ने उनले बताए । यसपछि पोष्टमा रहेका हात्तीहरुको नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइने छ । काठमाडौँको सेन्टर फर मोलिकुलर डाइग्नोसिस नामको निजी प्रयोगशालामा नमूना पठाइने छ । अहिले क्षयरोगको मात्र परीक्षण गरिने उनले जानकारी दिनु भयो । सन् २००२ यता क्षयरोगका कारण निकुञ्जका १५ हात्तीको अकालमा मृत्यु भएका छन् । यस अवधिमा अन्य कारण सहित २५ हात्ती मरेको तथ्याङ्गक छ ।

जिल्लाका हात्तीमा पहिलो पटक सन् २००२ मा क्षयरोग देखिएको थियो । यस सङ्क्रमण सन् २०१६ सम्म जारी नै रह्यो । त्यतिवेला निकुञ्जका १७, निजी ४१ र राष्ट्रिय प्रकृति संरक्षण कोषका दुई हात्तीमा क्षयरोग देखिएको थियो । त्यस पछिका केही वर्ष सङ्क्रमण नदेखिए पनि सन् २०१८ यता क्षयरोगका कारण चार हात्ती मरेको अनुमान छ । चिकित्सक श्रेष्ठका अनुसार पछिल्लो पटक गत साउन १९ गते मरेको दीपेन्द्रगजमा क्षयरोगको सङ्क्रमण थियो । यस अघि मरेका तीन वटा हात्तीको पोष्ट मार्टमका क्रममा फोक्सोमा समस्या देखिएकाले ती हात्तीमा पनि क्षयरोगको सङक्रमण भएको अनुमान गरिएको उहको भनाइ छ ।

यस क्षेत्रमा निजी होटलका ाँ५७ वटा हात्ती रहेका छन् । उहाँ हात्तीमा दोस्रो चरणमा क्षयरोग देखा परेको अनुमान गर्नु हुन्छ। समयमा नै उपचार गर्न सकेमा हात्ती बचाउन सकिने जनाउँदै उनले उपचारको कामलाई तिब्रता दिन लागिएको बताए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले क्षयरोग परीक्षणको काम तत्काल सुरु गर्न लागिएको जानकारी दिनु भयो । क्षयरोग देखिएमा उपचार गरेर हात्तीलाई निको पार्न सकिने भएकाले सबै हात्तीको परीक्षण गरिने उहाँको भनाइ छ ।

निकुञ्जका हात्ती विभिन्न पोष्टहरुमा सुरक्षाका लागि राखिएका छन् भने निजी हात्ती पर्यटक बोक्नका लागि होटलहरुले प्रयोग भएको थियो ।

निकुञ्ज हात्ती सफारीका लागि अन्तराष्ट्रिय रुपमा प्रख्यात छ । यहाँ सामुदायिक वनमा निजी हात्तीमा पर्यटकलाई घुमाउने गरिन्छ । हात्ती चढेर दुर्लभ वन्यजन्तु हेर्न पर्यटक रुचाउँछन् । हात्तीमा क्षयरोग देखिएमा उपचार गर्न लामो समय लाग्ने र खर्चिलो हुने चिकित्सकहरु बताउँनु हुन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,