Connect with us
Kapilvast Forest

कोरोना सङ्क्रमण नदेखिएका विश्वका १० देश

२०७७, ८ भाद्र सोमबारमा प्रकाशित

corona

एजेन्सी-भाइरसको सङ्क्रमणका कारण अहिले विश्वका धेरै देश सङ्कटमा परेका छन् । गएको डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोना भाइरसको सङ्क्रमण त्यसको केही हप्तामा नै विश्वका धेरै देशमा फैलियो । अहिले विश्वका दुई सय १३ देश कोरोनाविरुद्ध लडिरहेका छन् ।

अहिलेसम्म कोरोनाका कारण विश्वका आठ लाखभन्दा धेरै मानिसको ज्यान गइसकेको छ । तर विश्वका यस्ता केही देश छन्, जहाँ अहिलेसम्म कोरोना पुगेको छैन ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार विश्वका १० देशमा अहिलेसम्म कोरोना सङ्क्रमण पुगेको छैन । कोरोना सङ्क्रमण नदेखिए पनि यी देशमा कोरोनाले भने असर पुर्‍याएको छ ।

कोरोनाका कारण विश्वकै अर्थतन्त्र डामाडोल भएकाले ती देशमा पनि आर्थिक समस्या परेको खबरमा उल्लेख छ ।

कोरोना सङ्क्रमण नदेखिएका १० देश यी हुन् –
पलाउ
माइक्रोनेशिया
मार्शल आइल्याण्ड
नाउरु
किरिबाती
सोलोमन आइल्याण्ड
तुवालु
समोआ
भानुअतु
टोङ्गा ।

पलाउमा सन् १९८२ मा खुलेको ‘द पलाउ होटल’ अहिले सुनसान छ । कोरोना भाइरस विश्वमा फैलिनुअघि त्यहाँ झण्डै ९० हजार पर्यटक पुगेका थिए । यो सङ्ख्या पलाउको कुल जनसङ्ख्या भन्दा झण्डै पाँच गुणा धेरै भएको बीबीसी हिन्दीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,