Connect with us
Kapilvast Forest

विषालु च्याउ खाएर डोल्पाका ४ जना सिकिस्त बिरामी

२०७७, ८ भाद्र सोमबारमा प्रकाशित

 

डोल्पा – डोल्पाको ठूलीभेरी नगरपालिकामा जङ्गली च्याउ खाँदा चार जना बिरामी परेका छन् ।ठूलीभेरी नगरपालिका ७ का ३३ वर्षीय उत्तमबहादुर शाही, ३१ वर्षीय सूर्यबहादुर साही, वडा नम्बर ८ का ३३ वर्षीय कमलबहादुर शाही र वर्ष ४४ का सत्यबहादुर शाही बिरामी परेकाे नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीले बताउनुभयो ।

उपचारका लागि तीन जनालाई हेलिकप्टरमार्फत अस्पताल पठाइसकेको र अर्का एक जनालाई आफैले भेरी अञ्चल अस्पताल नेपालगञ्ज लैजान लागिएको नगरपालिकाका प्रमुख शाहीले बताउनुभयो ।आइतबार राति नै च्याउ खाएर बिरामी परेका उनीहरुको अवस्थाबारे प्रहरीलाई साेमबार बिहान मात्रै खबर पुगेको थियो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,