Connect with us
Kapilvast Forest

स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गर्नेलाई कारवाही गर्न मानव अधिकार आयोगको माग

२०७७, ८ भाद्र सोमबारमा प्रकाशित

rastrya-manb-adhikar.jpg

काठमाडौँ – राष्ट्रीय मानव अधिकार आयोगले कोरोना संक्रमित को उपचारमा संलग्न स्वास्थ्यकर्मी लाई अभद्र र अमानवीय व्यवहार प्रदर्शन गरिनु अत्यन्त दुःखद् भएको बताएको छ । आयोगका सचिव वेद भट्टराईले सोमबार जारी गरेको विज्ञप्तिमा जनस्वस्थ्य सङ्कटको अवस्थामा स्वास्थ्यकर्मीलाई त्यस्तो व्यवहार गरिनु दुःखद् भएको भन्दै त्यसो नगर्न अपिल गरेको छ ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकप्रति दुर्व्यवहार तथा अमानवीय कार्य गर्दा जनस्वास्थ्यमा समेत नकारात्मक असर पर्नसक्ने भन्दै सचेत हुन र उनीहरुप्रति सहयोग र सम्मानजनक व्यवहार गरी नागरिकको कर्तव्य पालना गर्न आयोगले आग्रह गरेको छ । साथै, यस प्रकारका घटनाहरुको छानविन गरी दोषीउपर कानुनी कारवाही गर्न समेत आयोग स्थानीय प्रशासनलाई आग्रह गरेको छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,