Connect with us
Kapilvast Forest

ग्यारेण्टीका साथ भन्छु शेरबहादुरलाई मैले बाहेक अरु कसैले हराउन सक्दैन :महामन्त्री कोइराला

२०७७, ८ भाद्र सोमबारमा प्रकाशित

Dr-Shashanka-Koiralal.jpg

काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशाङ्क कोइरालाले शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न सक्ने व्यक्ति आफू मात्रै भएको बताउनभुएको छ ।

१४ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भए मात्रै देउवा पराजित हुने उहाँले बताउनुभयो । पार्टी सभापतिका लागि अरु नेताहरुको दाबी रहे पनि सभापति देउवालाई पराजित गर्ने ग्यारेण्टीका साथ आफ्नो दाबी सभापतिमा रहने उहाँको भनाइ छ ।महामन्त्री कोइरालाले रामचन्द्र पौडेलले पनि सभापतिमा देउवालाई पराजित गर्न नसक्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मैले धेरैसँग परामर्श गर्दै छु । उनीहरु तपाईँ नै उठ्नुपर्‍यो भन्नुहुन्छ । तर मैले धेरै साथीहरुका दाबी छ भन्छु । रामचन्द्र दाइ, सिटौलाजी हुनुहुन्छ । प्रकाशमान छन्, धेरै छन्, सबै उठेर त भएन नि । हाम्रो लक्ष्य के हुनुपर्‍यो । हामी सबै मिलेर एक जना उठ्नुपर्‍यो । त्यसका लागि आपसमा वार्ता हुनुपर्‍यो । वर्तापछि हामी एक ठाउँमा पुग्न सकियो भने हुन्छ ।

व्यक्तिगत हिसाबले भन्नुहुन्छ भने शेरबहादुरजीलाई हराउने कोही व्यक्ति छ भने त्यो म नै हुँ । रामचन्द्र दाइले पनि सक्नुहुन्न । अरु जो पनि कसैले पनि सक्दैन यो ग्यारेण्टीका साथ भन्न चाहन्छु, म बाहेक शेरबहादुरजीलाई हराउने व्यक्ति छैन ।’

महाधिवेशन नजिकिँदै गर्दा सभापति देउवाले क्रियाशील सदस्यता वितरण, विभाग गठनलगायतका काम विधान विपरीत गरिरहेको भन्दै उहाँले असन्तुष्टिसमेत जनाउनुभयो । सभापति देउवाले पार्टीका विभागहरु गठन गरिरहेकोप्रति इतरपक्षले विरोध जनाउँदा पनि नसुन्ने गरेको उहाँको भनाइ छ । पार्टीभित्र जतिसुकै विरोध गर्दा पनि सभापतिले कुरा नसुन्ने गरेको उल्लेख गर्र्दै उहाँले यसको जवाफ महाधिवेशनबाट दिनुपर्ने बताउनुभयो ।

तोकिएकै मिति फाुगन ७ गते महाधिवेशन सम्पन्न भए मात्रै आउँदो निर्वाचनमा पार्टीलाई सही स्थानमा ल्याउन सकिने उहाँले बताउनुभयो । कुनै अप्रिय घटना नघटे महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने उल्लेख गर्दै उहाँले स्थानीय चुनावको तयारीका लागि समेत समय राखेर महाधिवेशन सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,