Connect with us
Kapilvast Forest

अर्घाखाँची अस्पतालको इमर्जेन्सीसेवा बाहेक अरु सेवा बन्द

२०७७, ८ भाद्र सोमबारमा प्रकाशित

अर्घाखाँची-अर्घाखाँची अस्पतालको इमर्जेन्सी र प्रसूतिबाहेक अन्य सेवा अनिश्चितकालका लागि बन्द भएको छ ।जनस्वास्थ्य कार्यालयमा कार्यरत दुई जना स्वास्थ्यकर्मी, एक कार्यालय प्रमुखसहित १२ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि सोमबारदेखि अर्घाखाँची अस्पतालको इमर्जेन्सी र प्रसूतिबाहेक अन्य सेवा अनिश्चितकालका लागि बन्द गरिएको जिल्ला जनस्वास्थ्य कार्यलय प्रमुख पुष्पा थापाले बताउनु भयो ।

कार्यालयमा कार्यरत दुई जना स्वास्थ्यकर्मी, एक कार्यालय प्रमुखसहित १२ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि जनस्वास्थ्य र अस्पतालका स्वास्थ्यकर्मीको स्वाब परीक्षणका लागि भैरहवा पठाइएको र परीक्षण रिपोर्ट नआउँदासम्म सेवा बन्द गरिएको जिल्ला जनस्वास्थ्य कार्यलय प्रमुख पुष्पा थापाले बताउनु भयो ।

आइतबार ६२ जना र सोमबार ४० जनाको स्वाब परीक्षणका लागि भैरहवा पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

जिल्लामा ३ सय ४४ जनामा संक्रमण पुष्टि भएकोमा ३ सय २४ जना कोरोना जिति सक्नु भएको छ भने ९३ जनाअझै क्वारेन्टाइनमा बसेको र ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,