Connect with us
Kapilvast Forest

देशभर थपिए ७४३ काेराेना संक्रमित,मृतकको संख्या १५७ पुग्यो

२०७७, ८ भाद्र सोमबारमा प्रकाशित

चितवनमा ५० प्रतिशतलाई अस्पतालबाटै कोरोना सङ्क्रमण

काठमाडौँ – पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा २२४ सहित थप ७४३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २३४ जनामा गरेको पीसीआर परीक्षणबाट ७४३ नयाँ सङ्क्रमित देखिएका हुन् ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार आज उपत्यकामा देखिएका थप २२४ कोरोनाका सङ्क्रमितमध्ये काठमाडौँका १७७, लतिपुरका ३३ र भक्तपुरका १४ जना रहेका छन् । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ३२ हजार ६७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १७५ जना कोरोना जितेर घर फर्किएका छन् । यससँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १८ हजार ८०६ पुगेको छ । देशभरका क्वारेन्टिनमा ११ हजार २७५ जना रहेका छन् । आज देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या जम्मा १३ हजार ७१५ रहेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १५७ पुगेको छ। पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु पुष्टि भएको छ।केही दिनयता दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ।पहिलोपटक गत जेठ ३ गते धुलिखेल अस्पतालमा कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,