Connect with us
Kapilvast Forest

श्रमिकलाई श्रम कल्याणकारी कोषबाट उद्धार गर्न काँग्रेसकाे आग्रह

२०७७, ९ भाद्र मंगलवारमा प्रकाशित

congress

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले श्रम स्वीकृति लिएर विदेश गएका तर आफ्नो करार अवधि नपुगी कम्पनीले फर्किन बाध्य पारेका र कम्पनीले टिकट नदिएका श्रमिकलाई सर्वोच्च अदालतको आदेशानुसार श्रम कल्याणकारी कोषबाट उद्धार गर्न आग्रह गरेको छ ।

सो पार्टीका केन्द्रीय सदस्य एवम् सांसद डा डिला संग्रौलाले विज्ञप्ति जारी गरी कोरोना महामारीका कारण रोजगारी गुमाएर लामो समयदेखि खानका लागि समेत अरुको राहतको आशामा बसेका श्रमिकको पहिचान गरी तत्काल निःशुल्क उद्धार गर्न सरकारसँग आग्रह गर्नुभएको हो ।

विदेशमा समस्यामा परी फर्किनैपर्ने अवस्थाका हजारौं श्रमिकलाई शीघ्र स्वदेश फर्काउन सके निःशुल्क, नसके कम शुल्कको उडानको व्यवस्था गर्दै श्रमिकले नै तिर्ने गरी सात दिनका लागि होटल बुकिङ गर्नैपर्ने सरकारको नयाँ निर्णय फिर्ता लिएर होटलमा पैसा तिर्न नसक्ने श्रमिकलाई निःशुल्क क्वारेन्टिनको ब्यवस्था गर्नुुपर्ने सो पार्टीको आग्रह छ ।

 

सरकारले हालसम्म झन्डै ५० हजार नेपालीलाई स्वदेश फर्काए पनि अझै खाडी मुलुक तथा मलेसियामा झण्डै पाँच लाख नेपाली स्वदेश फर्कन पर्खिरहेको उल्लेख गर्दै उहाँले तीमध्ये हजारौँ महिला, बेरोजगार तथा अशक्त नेपाली विमानको टिकट किन्न सक्ने स्थितिमा नभएको बताउनुभएको छ ।

 

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,