Connect with us
Kapilvast Forest

एउटै व्यक्ति साढे ४ महिनाको अन्तरालमा दोस्रोपटक कोरोनाबाट संक्रमित,

२०७७, ९ भाद्र मंगलवारमा प्रकाशित

 

 

काठमाडौँ – कोरोना संक्रमणमुक्त भइसकेका व्यक्तिमा पनि फेरि संक्रमण हुने गरेको तथ्य फेला परेको छ ।हङकङमा एक ३० वर्षीय युवामा साढे ४ महिनाको अन्तरालमा दोस्रो पटक कोरोना संक्रमण भएको पाइएको बीबीसीले जनाएको छ ।

एकै व्यक्तिमा दोस्रो पटक संक्रमण देखिनु एकदमै विरलै भएको र त्यसबाट आत्तिनु पर्ने अवस्था नभएको विज्ञहरूले बताएका छन् ।विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले पनि एक व्यक्तिमा देस्रो पटक देखिएको दुर्लभ केसलाई सामान्यकरण गर्न नहुने जनाएको छ ।

हङकङ विश्वविद्यालयका अनुसन्धानकर्ताहरू भने उही व्यक्तिमा कोरोनाभाइरसको पुनःसंक्रमण भेटिएसँगै केही व्यक्तिहरुमा कोरोनाविरुद्धको प्रतिरोधात्मक शक्ति केही महीनासम्म मात्रै रहने निष्कर्षमा पुगेका छन् ।

ती युवामा पहिलो पटक कोरोना भाइरस संक्रमणका क्रममा सामान्य लक्षण मात्र देखिएका थिए । पुनःसंक्रमणमा भने उनमा कुनै पनि लक्षण देखिएको छैन ।उहा पछिल्लोपटक स्पेन भ्रमणबाट फर्किनु भएको थियो । उहाँ भ्रमणकै क्रममा नयाँ कोरोनाभाइरसबाट संक्रमित भएको चिकित्सकको ठहर छ ।उनमा देखिएका अहिलेका लक्षण गत जुलाईमा युरोपमा देखिएको भाइरससँग मिल्दो खालको भएको अनुसन्धानकर्ताहरुको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,