Connect with us
Kapilvast Forest

पत्रकारको निःशुल्क कोरोना परीक्षण गर्न महासङ्घको माग

२०७७, ९ भाद्र मंगलवारमा प्रकाशित

patrakar

 

 

काठमाडौँ -नेपाली पत्रकारको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घले पत्रकारको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । पछिल्लो समय पत्रकारको सङ्क्रमित सङ्ख्या बढ्दै गएपछि महासङ्घले सो माग गरेको हो ।

महासङ्घका महासचिव रमेश विष्टले सोमबार विज्ञप्ति जारी गर्दै करिब ३६ जना पत्रकार कोरोनाबाट हालसम्म सङ्क्रमित भइसकेको बताउनुभएको छ । समाचार सङ्कलनका क्रममा अग्र भागमा खटिने समाचारदाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरू बढी कोरोनाबाट सङ्क्रमित देखिएको महासङ्घले बताएको छ ।

कोरोना सङ्क्रमण बृद्धि हुँदासमेत पत्रकारले ज्यान जोखिममा राखेर अग्रभागमा खटेर आफ्नो जिम्मेवारी निर्वाह गरिरहेकाले पत्रकारको निःशुल्क कोरोना परीक्षणको व्यवस्था गर्नुपर्ने महासङ्घको माग छ ।

“विशेष गरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरू सङ्क्रमणको उच्च जोखिममा रहेका छन्” महासङ्घकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, कोरोना महामारीको यो बेलामा सङ्क्रमणबाट जोगिन स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न महासङ्घले पत्रकारसँग आग्रह गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,