Connect with us
Kapilvast Forest

प्लाज्मा थेरापी गरिएका २ जनाको मृत्यु

२०७७, ९ भाद्र मंगलवारमा प्रकाशित

palajmacorona

 

काठमाडौं-बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्लाज्मा थेरापी विधिबाट उपचार गरिएका दुई पुरुषको मृत्यु भएको छ।६८ वर्षीय पुरुषमा पहिलो र ६७ वर्षीय पुरुषमा दोस्रो पटक प्लाज्मा थेरापी गरिएको थियो।सुनसरीको धरान बरगाछीका ६८ वर्षीय पुरुषमा आइतबार बेलुका दोस्रो पटक प्लाज्मा थेरापीको तयारी गरेको थियो।

त्यहीबेला प्रतिष्ठानको कोभिड अस्पतालको भेन्टिलेटरमा उहाँको मृत्यु भएको प्रतिठानका मेडिसिन विभाग प्रमुख डा।सञ्जीवकुमार शर्माले बताउनु भयो।फोक्सोमा संक्रमण भएपछि १५ दिनअघि अस्पताल भर्ना भएका पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो।

६७ वर्षीय पुरुषको प्लाज्मा थेरापी गरिएको २४ घण्टा नबित्दै मृत्यु भएको हो। उहाँ पनि धरान वरगाछीका हुनुहुन्छ। यसअघि वरगाछीकै ७१ वर्षीया महिलाको पनि कोरोनाकै कारण मृत्यु भएको थियो।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,